‘सभ्य समाज निर्माणकालागि गरौं नारीको सम्मान, सामाजिक विभेद तथा कुरीती कुसंस्कार न्यूनिकरण, हाम्रो अभियान’ भन्ने मुख्य नाराका साथ कोहलपुरमा बृहत तिज गित प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतिवोध एफ.एम., युगयान दैनिक तथा काँचुली मिडिया प्रालिको संयुक्त आयोजनामा यस क्षेत्रका महिला दिदिबहिनीहरुलाई लक्षित गरि तिज गित प्रतियोगिता संचालन गरिएको हो । प्रतियोगितामा सहभागी महिला दिदि वहीनीहरूले गीतमार्फत मुलुकमा देखिएको बिकृती र विसङ्गतीप्रति कटाक्ष गरेका थिए ।
प्रतियोगितामा सहभागी १० वटा टिमले महिला हिसा तथा बलात्कारका घटनाहरु बढै गएको भन्दै त्यसको न्यूनिकरणकालागि एकजुट हुन सबैलाई आग्रह गरेका थिए । उनिहरुले गितमार्फत बलात्कार, छुवाछुत जस्ता जघन्य अपराधमा संलग्नलाई कानुनको दायरामा ल्याउन सरकारसँग माग समेत गरे । प्रतियोगितामा सहभागी कलाकारहरूका गीतका भाका र शब्दले कञ्चनपुर घटनादेखि कोहलपुरमा आफ्नै बाजेद्वारा बलात्कृत १३ बर्षिया किशोरीसम्मको बेदन र पीडा प्रस्तुत गरेका थिए ।

वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
प्रतियोगितामा पुष्पा महिला बचत समुह प्रथम हुन सफल भएको छ । प्रथम स्थान हासिल गर्दै पुष्पा महिला समुहले नगद रु. २०००० प्राप्त गरेको छ भने मितेरी बचत सहकारी संस्थाले द्धितिय स्थान हासिल गर्दै १५००० पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगितामा प्रगतिशिल दलित महिला बचत समुहले तृतिय स्थान हासिल गर्दै १०००० नगद प्राप्त गर्दा नमुना महिला आमा समुह भने सान्त्वना स्थानमै चित्त बुझाउन बाध्य भएको थियो । नमुना आमा समुहले सान्त्वना हुँदै ५ हजार नगद राशी प्राप्त गर्न सफल भएको प्रतियोगिता आयोजक संस्था प्रतिवोध एफएमका स्टेशन म्यानेजर हेमन्त वि.क. ले जानकारी दिए ।

प्रतियोगिताका बिजेता तथा सहभागीहरुलाई ५ नं. प्रदेशकी साँसद पार्वती पुन ‘उषा’ ले नगद पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेकी थिईन ।
कार्यक्रमकी प्रमुख अतिथि समेत रेहेकी साँसद पुनले तीजलाई एकता, आपसी सद्भाव तथा सहिष्णुताको पर्वको रूपमा मनाउन सबैलाई आग्रह गरिन् । उनले तिजको नाममा मौलाउँदै गएको विकृती र बिसंगती अन्त्यकालागि महिलाहरू नै जागरूक बन्नपर्नेमा जोड दिईन् । तिजका नाममा गरिने अनावश्यक तडकभडकले गलत प्रवृत्तिका ब्यक्तिहरुलाई कुकार्य गर्न उक्साउने भएकाले महिलाहरु आफै सजक हुनुपर्नेमा पुनले जोड दिईन ।

पछिल्लो समय महिला हिंसाका कुराहरु बढि सतहमा आउने गरेको भन्दै साँसद पुनले नेपाली समाजमा महिलाद्धारा पुरुषहरु समेत पिडित हुने क्रम बढेको बताईन । उनले महिलाले आफ्नो कर्तब्य बिर्सिएर सबै दोष पुरुषलाई मात्र लगाउनु जायज नभएको तर्क गर्दै महिला पुरुष दुबैले आफ्नो जिम्मेवारी र कर्तब्य भुल्दै गएप्रति दुःख ब्यक्त गरिन ।
कार्यक्रमका विशिष्ट अतिथि कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले सामाजिक सद्भाव कायम गर्दै मनाईने चाडपर्वले मौलिक संस्कृतीको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

कार्यक्रमका मुख्य प्रायोजक मध्य तथा सुदुरपश्चिम सुनचाँदी तथा गहना ब्यवसायी संघ बाँकेका अध्यक्ष देविलाल विकले प्रथम पुरस्कार वितरण गरेका थिए भने अर्वान होटल एण्ड कटेज कोहलपुरका संचालक ईश्वर गिरि तृतिय पुरस्कार प्रदान गरेका थिए ।
बाँके सुनचाँदी गहना ब्यवसायी संघ बाँकेको मुख्य प्रायोजन तथा दिपक क्रेसर उद्योग ढकेरी बाकेको सह–प्रायोजनमा संचालित प्रतियोगितामा अग्रज संचारकर्मी तथा गायक कमल विके ‘निर्मोही’ र गायिका सपना शाही, निरमाया गुरुङले निर्णायकको भूमिका निभाएका थिए ।

२५ भाद्र २०७५, सोमबार २१:०८ प्रकाशित