नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अन्तरघातका कारण पार्टी कमजोर भएको बताएका छन् । सभापति देउवाले आन्तरिक रुपमा एकतावद्ध पार्टी अहिलेको प्रमुख आवश्यकता भएको बताए । ‘काङ्ग्रेसलाई हराएर बहादुर बन्नेहरु पनि यहि पार्टीमा छन्’, देउवाले भने, ‘अब त्यस्तालाई कारवाही गर्नुपर्दछ ।’
महामन्त्री डा. सशांक कोइराला, नेता डा. रामशरण महत, बद्री पाण्डे लगायत सहभागी भएको कार्यक्रममा सभापति देउवाले पार्टीलाई अनुशासित बनाउनका लागि निर्वाचनमा अन्तरघात गर्नेलाई कारवाही गर्नुपर्ने बताए । उनले मुलुकमा कम्युनिष्ट शासन ल्याउने कोशिस भईरहेको दावी गरे । नेपाल ट्रेड यूनियन काङ्ग्रेस बाँकेले सोमबार नेपालगञ्जमा आयोजना गरेको नेतृत्व विकास तथा सामुहिक सौदाबाजी सम्बन्धि अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिष्ट शासन ल्याउने कोशिसलाई असफल पार्न प्रतिकारको आवश्यकता भएको बताए । ट्रेड यूनियन बाँकेका अध्यक्ष रामबहादुर मल्लको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
२५ भाद्र २०७५, सोमबार १३:१० प्रकाशित