जिल्लामा मदिरा बेचबिखन तथा सेवनका घटना बढ्न थालेपछि त्यस बिरुद्ध प्रहरीले मदिरा नष्ट गर्ने अभियान सुरु गरेको छ। मदिराको प्रयोगले सामाजिक अपराध निम्ताउने भएकाले त्यसको रोकथामकालागि प्रहरीले यस्तो अभियान सुरु गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकिले बताए ।
प्रहरीले नौबहिनी गाउँपालिकामा आईतबार एक कार्यक्रमकाबिच घरेलु तथा बजार क्षेत्रमा बिक्रिकालागि राखिएका गुणस्तरहिन मदिरा नष्ट गरिएको छ। जिल्लामा घटित घटनाहरुको बिश्लेषण गर्दा अधिकांश अपराधिक घटनाहरु मदिरा सेवनकै कारण हुने गरेको पाइएकाले मदिरा निषेधित तथा ब्यबस्थित गर्न मदिरा नष्ट गरीएको इलाका प्रहरी कार्यलय बाहानका प्रहरी नायव निरीक्षक तिलक रोकाले बताए। उनले आउँदै गरेका चाडपर्वलाई मध्यनजर गदै सबै सम्बन्धीत स्थानिय तहहरुको समन्वयमा बजार अनुगमनलाई तिव्रता दिईने जानकारी समेत दिए ।
त्यस्तै कार्यक्रमा बोल्दै गाँउपालिका प्रमुख शिव रिजालले समाजमा शान्ति सुव्यवस्था शुसासन स्थापना गरी आर्दश समाज निमार्णकालागी जिल्लाभर खुल्ला तथा घरेलु मदिरा उत्पादन तथा बिक्रि वितरणमा बन्देज गरिनपुर्ने बताए । उनले मदिरा व्यवसायलाई ब्यबस्थित गरी सर्बसाधारण जनताको सदाचार, स्वास्थ्य, सुबिधा तथा आर्थिक हित कायम राख्दै जनताको जिउधन तथा स्वतन्त्रताको संरक्षण गरी अपराधको न्युनिकरण, शान्ती सुरक्षाको प्रभावकारी कार्यान्वयन गर्न यो अभियान थालनी गरेको बताए ।
मदिरा बेचबिखन ब्यवस्थित गर्न एउटा ब्यत्तिको प्रयासले मात्र सम्भव नभएकाले यसलाई रोक्न समाजका सबै सदस्यहरु जिम्मेवारीपुर्ण तरिकाले सक्रिय भएपछि मात्र सम्भव हुने हुँदा यस अभियानलाई सफल पार्न रिजालले सबैलाई अनुरोध समेत गरे ।
यस्तै मदिरा नष्ट पश्चात कार्यक्रमा बोल्दै स्थानिय सहभागिहरुले मदिरा बेचबिखन, ओसार पोसार तथा सेवनलाई ब्यवस्थित गरी जिल्लामा शान्ति सुरक्षा स्थापना गर्न आफुहरु सधै लागीपर्ने प्रतिवद्धता समेत जनाएका छन्।
लागु औषध तथा मदिरा नियन्त्रण सहयोग समिति गठन
यसैबिच आईतबार नै गाँउपालिकाका प्रमुख शिव रिजालको अध्यक्षतामा १३ सदस्यीय गाँउपालिका स्तरीय लागु औषध तथा मदिरा नियन्त्रण सहयोग समिति गठन गरीएको छ ।जसको सदस्य सचिव प्रहरी नायव निरीक्षक तिलक रोका रहेका छन भने अन्य सदस्यहमा राधा के सी, दामोदर घिमिरे, रमेश राना लगायत रहेका छन।
यसअघि जिल्ला प्रशासन कार्यालय प्युठानले जिल्लामा मदिरा बेचबिखन, ओसार पोसार तथा सेवनलाई ब्यवस्थित गर्न आचारसहिंता-२०७५ बनाई यहि भाद्र २० गतेबाट लागु गरीसकेको छ । आचारसहिंता विपरित खुल्ला तथा घरेलु मदिरा उत्पादन गरेको खण्डमा उत्पादित मदिरा नष्ट गरी उत्पादनमा प्रयोग गरीने भांडाहरु जफत गरी रु. एक हजार जरिवाना गरीने, कसैले पनि १८ बर्ष उमेर पुरा नगरेका ब्यक्तिलाई मदिरा बिक्रि बितरण गर्न नपाईने, सार्वजनिक स्थलको २०० मिटर आसपास कुनै पनि प्रकारका मदिरा बिक्रि बितरण र सेवन गर्न नपाईने, मदिरा सेवन गरी सवारी साधन चलाउन नपाईने लगायतका नियम आचारसहिंतामा उल्लेख गरीएको छ ।
२४ भाद्र २०७५, आईतवार १७:४० प्रकाशित