दार्जिलिङका गायक बिपुल क्षेत्री नेपालगन्ज आउदै
  • काँचुली खबर

लोक-पप गायक तथा संगितकार बिपुल क्षेत्री बाँके आउने भएका छन । आगामी असोज १३ गते बाँकेको नेपालगन्जमा संचालन गरिने साँगितिक कन्सर्टमा सहभागी हुन गायक क्षेत्री नेपालगन्ज आउन लागेका हुन । क्षेत्रिलाई विशेष कार्यक्रमकालागि नेपालगन्ज ल्याउन लागिएको स्म्याशिंङ स्टिरियो इभेन्ट म्यानेजमेन्ट प्रा.लि. का मिडिया कोरडिनेटर प्रज्वल श्रेष्ठले जानकारी दिए ।
युवा पुस्तामाथ चर्चित क्षेत्रीले २०१४ मा पहिलो एल्वम स्केचेस अफ दार्जिलिङ सार्वजनिक गरेका थिए । सोही एल्वमबाट नेपाली साँगितिक क्षेत्रमा स्थापित भएका गायक श्रेत्रीले दार्जिलिङ्गमा रहेर नेपाली पप गितहरु गाउने गर्दछन ।
स्थानिय आवाज ब्याण्ड र प्याराडाइज ब्याण्डको समेत प्रस्तुती रहने कन्सर्टको होष्टिङ संचारकर्मी प्रज्वल श्रेष्ठले गर्ने कार्यक्रम तय भएको कार्यक्रम आयोजक स्म्याशिंङ स्टिरियो इभेन्ट म्यानेजमेन्ट प्रा.लि.का म्यानेजर पुष्कर हमालले जानकारी दिए ।

  • २४ भाद्र २०७५, आईतवार १६:१७ प्रकाशित
  • Nabintech