मृतक राममनोहर यादबका परिवारले बाँकेका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई बुझाए ज्ञापन पत्र
  • काँचुली खबर

नेपाल सरकारका उप प्रधानमन्त्री एंव स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा बर्दियाको गुलरियामा भाद्र ७ गते पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका ४ जना कार्यकर्ता मध्य एक जना जिल्ला प्रहरी कार्यालय बर्दियाको थुनुवा कक्षमा अचेत अवस्थामा भेटिएका र पछि उपचारका क्रममा मृत्यु भएका राममनोहर यादवको परिवार पक्षले आज जिल्ला प्रशासन कार्यालय बाके मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका छन । 

ज्ञापन पत्र बुझाउनु अघि सी के राउतका कार्यकर्ता तथा परीवार पक्षले नेपालगन्जको त्रिबेणी मोण देखी जिल्ला प्रशासन कार्यालय बाके सम्म विभिन्न नारा जुलुस लगाउदै पुगेका थिए । ज्ञापन पत्रमा राममनोहर यादवको के कारण ले मृत्यु भएको हो ? छानबिन समिती मार्फत दोषि उपर कडा कारबाही हुनुपर्ने, मृतकलाई सहिद घोषणा गरीनुपर्ने, परीवारलाई उचित क्षतिपुर्ती दिनुपर्ने लगाएतका मागहरु रहेको ज्ञापन पत्र बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल मार्फत बुझाएका हुन । ज्ञापन पत्र बुझ्दै प्र जि अ भुजेलले आज नै प्रधानमन्त्रीको कार्यालयमा सो ज्ञापन पत्र पठाउने आश्वासन पनि दिएका छन ।

सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका गतिविधिमा सक्रिय रहेका बेला पक्राउ परेर जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा रहेका राममनोहर यादवको भाद्र १५ गते उपचारका क्रममा मृत्यु भएको थियो । बाँकेको जानकी गाउँपालिका–६ गनापुर कपासी घर भएका ३० वर्षीय यादवको प्रहरी हिरासतमा रहेका बेला मृत्यु भएको हो ।

प्रहरी हिरासतमा रहँदा स्वास्थ्यमा गडबडी देखिएपछि काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा यादवको मृत्यु भएको हो । ‘हिरासतमा रहेका बेला स्वास्थ्यमा समस्या देखिएपछि शुरूमा स्थानीय जिल्ला अस्पताल गुलरियामा लगिएको थियो, त्यहाँबाट नेपालगञ्ज नर्सिङ होम हुँदै काठमाडौं पुर्याइएको थियो,। यादवलाई जिल्ला अस्पताल गुलरियामा भर्ना गरेपनि उपचार सम्भव नभएपछि थप उपचारका लागि भेरी अञ्चल अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो । भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले यादवलाई आइसीयूमा राख्न निर्देशन दिएका थिए । 

त्यसपछि यादवलाई काठमाडौं पठाइएको थियो । यादवसहित हरपाल सिंह, इरफान शेख र राजितराम बर्मालाई प्रहरीले भदौ ७ गते बिहीवार जिल्ला समन्वय समिति बर्दियाको सभाकक्षमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको उपस्थितिमा भएको एउटा कार्यक्रमबाट पक्राउ गरेर राज्य बिरुद्धको मुद्दा लगाई हिरासतमा राखेको थियो । पक्राउ भएकामध्ये हरपाल सिंह, इरफान शेख र राजितराम बर्मा जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमै छन् ।

  • २४ भाद्र २०७५, आईतवार १६:०६ प्रकाशित
  • Nabintech