माता बागेश्वरीको ८ औं साधारणसभा सम्पन्न
  • काँचुली खबर

नेपालगंज न्युरोडस्थित माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ औ वार्षिक साधारण सभा शनिबार नेपालगंजमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रसिद अहमद कुरैशीको अध्यक्षतामा भएको उदघाटन सत्रको प्रमुख अतिथिमा नेपालगंज उपमहानगरपालिका मेयर डा. धवल समशेर राणा रहेका थिए ।

सभाको उदघाटन गर्दै मेयर राणाले सहकारी संस्थाहरु नगरको विकास, समृद्धि तथा खुशीयाली ल्याउने एउटा माध्यम भएको बताए । मेयर राणाले अवका ४ वर्षमा नेपालगंजलाई नेपालकै सुन्दर नगरको रुपमा विकास गर्ने दावी समेत गरे । नगर स्तरिय सहकारी संस्था सञ्जालका अध्यक्ष विजया धितालले सहकारी संस्थाहरु अवका दिनमा निति, विधि र प्रविधि युक्त हुनु पर्नेमा जोड दिईन । कार्यक्रममा जिल्ला सहकारी संघ बाकेका अध्यक्ष पे्रम प्रसाद सुवेदी, युवा स्वरोजगार कोषका सचिव नितेश शर्मा, नेफस्कुनका कार्यक्रम संयोजक गोविन्द थापा, नेपाल अडिटर्स एसोसियनका अध्यक्ष मोहम्मद जुवेर राई लगाएतको उपस्थिति रहेको थियो । बार्षिक साधारण सभामा संस्थाका सचिव अम्बिका काफ्लेले स्वागत मन्तव्य दिइएकी दिइन ।

सहकारी ऐन २०४८ बामोजिम तत्कालीन सहकारी प्रशिक्षण तथा २०६८ साल जेष्ठ १३ गते दर्ता भई २५ जना सदस्यहरुबाट सुरुवात गरीएको यस सहकारीको हाल ५५४७ जना सदस्यहरु रहेका छन । संस्थाले आगामी बर्षमा २ करोड शेयर पुंजी संकलन गर्ने लक्ष्य राखेको छ । त्यसै गरि संस्थाले आगामी आर्थिक बर्षमा बचत संकलन ३५ करोड, ऋण लगानी २० करोड, शुद्ध नफा ३० लाख, अवधी मुद्धती बचत १ करोड, शेयर संख्या ७ हजार पुर्याउने लक्ष्य रहेको अध्यक्ष कुरैशीले जानकारी गराए । हाल बैंकको शेयर पुंजी १ करोड ३५ हजार ४ सय रुपैया, बचत संकलन १६ करोड ७२ लाख ९२ हजार ७ सय ४५, ऋण लगानी ८ करोड ५० लाख ४ हजार ३ सय ३५ रुपैया, शुद्ध नफा १३ लाख ४२ हजार ७ सय ७० रुपैया, शेयर सदस्य संख्या ५ हजार ५ सय ४७ रहेको संस्थाले जनाएको छ ।

  • २३ भाद्र २०७५, शनिबार १९:४९ प्रकाशित
  • Nabintech