नुवाकोटको मेघाङ गाँउपालिका-१ बर्सुन्चेतको मैलुङ पाखास्थित खोँचमा दुर्घटनाग्रस्त अल्टिच्युड एयरको हेलिकप्टरमा सवार एकमात्र जिवित महिला आनी डोल्मा उद्धार गरी ललितपुरस्थित मेडिसिटी अस्पताल पुर्याईएको छ । दुर्घटनामा हेलिकप्टरमा सवार ६ जनाको मृत्यु भएपनि डोल्मा भने बाँच्न सफल भएकी छन ।
आनीलाई सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरी ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको हो । मेडिसिटी अस्पतालका चिकित्सकसहितको टोली उद्धारका लागि दुर्घटनास्थल गएको थियो। गोरखाको सामागाउँबाट शनिबार बिहान पाइलटसहित ६ जना नेपाली र एक जापानी नागरिक बोकेर आएको अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको हो।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
२३ भाद्र २०७५, शनिबार १९:२७ प्रकाशित