जेष्ठ नागरिकसँग उप-प्रमुखको जन्मदिन सेलिब्रेसन
  • काँचुली खबर

कोहलपुर नगरपालिकाकी उप-प्रमुख सन्जु कुमारी चौधरीले फरक तरिकारले आफ्नो जन्मदिन मनाएकी छन । जन्मदिनको अवसर पारेर उप-प्रमुख चौधरीले आफ्नो सेवा सुविधाको केही रकम कटौती गरि असहाय तथा जेष्ठ नागरिकलाई सहयोग गरेकी छन ।
बिहिबार नेपालगञ्जस्थित नीलसागर आश्रममा पुगेकी चौधरीले त्यहाँ रहेका जेष्ठ अशक्त आमा बुवासँग आशिर्वाद लिएर फरक तरिकाले जन्मदिन मनाएकी हुन । अनावश्यक रुपमा भोज भतेर गर्ने गलत संकार विरुद्वको अभियानमा आफु प्रस्तुत भएको उप-प्रमुख थारुको भनाई छ । असाहय अशक्त तथा जेष्ठ नागरीकहरुको पुर्नस्थापनाका लागि स्थापना गरिएको नीलसागर केन्द्र पुगेर आर्थिक सहयोग गर्न पाउँदा छुट्टै आनन्दको अनूभूती भएको चौधरीले बताईन ।
निलसागर केन्द्रमै जन्मदिनको केक काटेकी चौधरीले त्यहाँ रहेका जेष्ठ तथा अशक्त नागरिकबाट टिका तथा आर्शिवाद समेत ग्रहण गरेकी थिईन । त्यसक्रममा चौधरीले केन्द्रमा रहेका बृद्धबृद्धाहरुकालागि आवश्यक शक्तिवद्र्वक हर्लिक्स समेत हस्तान्तरण गरेकी थिईन ।


बिभिन्न सहयोगी दाताको सहयोगबाट संचालनमा आएको निलसागर केन्द्रलाई थप ब्यवस्थित गर्न सक्दो सहयोग गर्ने बताउँदै उप-प्रमुख चौधरीले १५ हजार नगद समेत सहयोग स्वरुप उपलब्ध गराएकी छन ।
आप्mनै सन्तान र घरपरिवारबाट तिरस्कारको सिकाई भई वेवारिसे बनेका तथा मानसिक समस्याबाट ग्रस्त नागरीकको बारेमा सरकारले कुनै पनि सकारात्मक कदम चाल्न नसकेको अवस्थामा नीलसागरको महान अनि पवित्र कार्यलाई सबैले सहयोग गर्न उप-प्रमुख थारुले अपिल समेत गरिन ।
उनले भनिन्, ‘जन्मदिन तथा विशेष दिनमा अनावश्यक रुपमा खर्च गर्ने होडबाजी गर्नुभन्दा सामाजिक क्षेत्रमा सक्दो सहयोग गर्नुस् तपाईहरुको आत्माले छुट्टै खुशीको अनुभूती गर्नेछ ।’

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

  • २१ भाद्र २०७५, बिहीबार २१:२० प्रकाशित
  • Nabintech