वर्माको हत्या भएको आफन्तहरुको दाबी
  • काँचुली खबर

गत भदौ १४ गते बाँके डुडुवा गाँउपालिका वडा नं. २ बाबागाँउमा डुबेर मृत्यु भएकी भनिएकी अन्नु वर्माको हत्या भएको आफन्तहरुले दाबी गरेका छन । बुधबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी मृतक वर्माका आफन्तहरुले उनलाई आफ्नै सासुको योजनामा हत्या गरिएका आरोप लगाएका हुन ।
आफन्तहरुले पत्रकार सम्मेलन गरेरै मृतकको हत्या भएको दाबी गरेपछि २६ वर्षीया बर्माको मृत्यु रहस्यमय बन्दै गएको छ । बर्माको एक साताअघि घर नजिकैको नालीमा शव भेटिएको थियो ।
मृतक बर्माकी सासू धनदेई कुर्मी र स्थानिय हरीहर प्रसाद गुप्ता (तेली) बीचमा नाजायज सम्बन्ध रहेको र सो नाजायज सम्बन्धका बारेमा बर्माले थाहा पाएका कारण उनको हत्या भएको मृतककी भाउजू बिन्दु कुमारी कुर्मिले दाबी गरिन ।
सासु र उनका प्रेमी मिलेर बर्माको हत्या गरेको र नजिकैको नालीमा लगेर फालेको मृतकका आफन्तहरुको भनाई छ । मृतकका आफन्तहरुले घनास्थलको अनुसन्धान नै नगरी प्रहरीले लासको मात्र मुचुल्का उठाएको आरोप समेत लगाएका छन । घरभित्र मारेर राती नै लाशलाई बाहिर लगेर सानो नालीको छेउमा फालेको उनिहरुको आरोप छ ।
माइती पक्षले हत्यामा संलग्न रहेको भन्दै सासू धनदेही कुर्मी, देवर वीरेन्द्रकुमार वर्मा र छिमेकी हरिहरप्रसाद तेलीको नाममा किटानी जाहेरीसमेत दिएका छन् । मृतकको नालीमा डुबेर मृत्यु भएको भनिए पनि शरीरका विभिन्न भागमा गहिरो चोट लागेकोले हत्या नै भएको माइती पक्षको दाबी छ ।

मृतक बर्माका ५ वर्षिय छोरा छन भने श्रीमान बैदेशिक रोजगारीकालागि दुवई बस्दै आएका थिए । श्रीमतीको मृत्यु भएपछि दुबईबाट घर फर्किएका श्रीमानले आफ्नी आमाको बचाउ गर्दै हत्यामा संलग्न नभएको दाबी गर्दै आएका छन ।
घटना लगत्तै भदौ १७ गते तीन जनाको नाममा मृतककी भाउजुले किटानी जाहेरी दिएकाले मृतककी सासू, देवर र छिमेकी हरिहरप्रसादलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरीरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाटका इन्चार्ज प्रहरी निरीक्षक रण बहादुर बिष्टले जानकारी दिए । विष्ठले सबै प्रक्रिया पुर्याएरै अनुसन्धान थालिएकाले छिट्टै घटनाको गहिराईसम्म पुग्ने दाबी समेत गरे ।

  • २१ भाद्र २०७५, बिहीबार १४:४१ प्रकाशित
  • Nabintech