अन्तराष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा कोहलपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । गत भदौ १४ गते विश्वभर अन्तराष्ट्रिय गिद्ध दिवस मनाईएपनि सप्ताहब्यापी कार्यक्रम अन्तर्गत मंगलबार कोहलपुरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
गिद्ध संरक्षणकालागि लामो समयदेखि अभियान संचालन गर्दै आईरहेको ईन्रुडेक बाँके र रेडियो प्रतिवोध एफएमको संयुक्त आयोजनामा गिद्ध संरक्षण सम्बन्धि अन्तरक्रिया गरिएको हो ।
प्रत्येक वर्ष सेप्टेम्बर महिनाको आसपासमा एक हप्तासम्म अन्तराष्ट्रिय गिद्ध सचेतना दिवस संसारभर मनाईन्छ । गिद्धको महत्व, लोप हुनुको कारण र संरक्षणका प्रयासबारे जनचेतना जगाउनका निम्ति अन्तराष्ट्रिय गिद्ध दिवस मनाइदै आएको नेपाल पन्क्षि संरक्षण संघका परियोजना अधिकृत भुपाल नेपालीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै कोहलपुर नगर पशु शाखा प्रमुख भिषण गजमेरले प्रकृतीको कुचिकारका रुपमा हेरीने गिद्धको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताए । गिद्ध संरक्षणकालागि राज्यले समेत विशेष खालका योजनाहरु तर्जुमा गर्दै आएको बताउँदै गजमेरले पर्यावरणीय स्वच्छता कायम राख्न गिद्धको संरक्षण अपरिहार्य रहेको जिकिर गरे ।
रेडियो प्रतिबोध एफएमका प्रमुख हेमन्त विकको सभापतीत्वमा सम्पन्न भएको कार्यक्रममा ईन्रुडेक बाँकेका अध्यक्ष धर्मलाल रोकाया, पशु स्वास्थ्य कार्यालय कोहलपुरकी दिपा शर्माका साथै बिभिन्न एग्रोभेटका संचालक तथा भेटनरी सम्बन्धि अध्ययनरत विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
२० भाद्र २०७५, बुधबार १८:११ प्रकाशित