हजुरवुवाद्धारा आफ्नै १३ वर्षिय नातिनी बलात्कार गरेको घटना थप रहश्यमय बन्दै गएको छ । कोहलपुर प्रहरीले बलात्कारका आरोपी कोहलपुर नगरपालिका ५ बस्ने ७९ वर्षिय रामचन्द्र घिमिरेलाई नियन्त्रणमा लिएको ५ दिन बितिसक्दा समेत सार्वजनिक नगरेपछि घटना थप रहश्यमय बन्दै गएको हो ।
आफ्नै हजुरवुवाबाट ३ वर्षदेखि निरन्तर बलात्कारको सिकार हुँदै आएकी १३ वर्षिया बालिकाले यहि भाद्र १५ गते परिवारको सहयोगमा हजुरवुवा बिरुद्ध ईलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएकी थिईन । उजुरी परेलगत्तै पक्राउ परेका ७९ वर्षिय घिमिरे प्रहरी हिरासतमै छन । तर पारिवारीक घटना भएकाले आरोपीलाई सार्वजनिक गर्न नमिल्ने भन्दै कोहलपुर प्रहरीले अहिलेसम्म घिमिरेलाई सार्वजनिक गरेको छैन ।
बलात्कारका आरोपीलाई सार्वजनिक गर्ने भन्दै मंगलबार ईप्रका कोहलपुरले पत्रकार सम्मेलनको आयोजना गरे पनि अन्तिम अवस्थामा आरोपीलाई सार्वजनिक गर्न नमिल्ने भन्दै पत्रकारहरुलाई खाली हात फर्काएको छ । केन्द्रिय सर्कुलेशन आएको भन्दै प्रहरीले बलात्कारका आरोपी घिमिरेलाई सार्वजनिक नगरेपछि यहाँका महिलाअधिकारकर्मीहरु आक्राशित भएका छन ।
कालोपट्टी समेत लुकाईयो
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

ईलाका प्रहरी कार्यालय कोहलपुरले बलात्कारका आरोपीलाई सार्वजनिक गर्ने भन्दै मंगलबार बिहान ९ बजे पत्रकारहरुलाई ईलाका परिसरमा बोलाएको थियो । बोलाईएको समयमै पत्रकार तथा महिलाअधिकारकर्मीहरु ईलाका प्रहरी कार्यालय कोहलपुर पुगेका थिए । तर अन्तिम समयमा पारिवारीक घटनाका आरोपीलाई सार्वजनिक गर्न नमिल्ने भन्दै प्रहरीले सबैलाई खाली हात फर्कायो । एक प्रहरी नाम उल्लेख नगर्ने सर्तमा भने, ‘आरोपीलाई सार्वजनिक गर्ने तयारी गरिएको थियो । पत्रकार सम्मेलनमा आरोपीलाई सार्वजनिक गर्दा अनुहारमा लगाउने कालो कपडा समेत तयार पारिएको थियो । तर माथीबाट सार्वजनिक नगर्ने निर्देशन आएपछि हामी पछि हटेका हौं ।’
घटना मिलाउन खोजीएको महिला अधिकारकर्मीहरुको आरोप

आफ्नै नातिनीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले अहिलेसम्म सार्वजनिक नगरेको भन्दै अधिकारकर्मी महिलाहरुले दोषीलाई तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।
आन्दोलित अधिकारकर्मी तथा स्थानीय महिलाहरुले प्रहरीले घटनाका दोषी पक्राउ परेपनि हालसम्म सार्वजनिक नगर्नुले प्रहरीमाथि शंका उब्जिएको बताएका छन् । प्रहरीले दोषीलाई सार्वजनिक नगरेसम्म चरणबद्व आन्दोलनका कार्यक्रमहरु जरी राख्ने महिला अधिकारकर्मीहरुले बताएका छन् ।
महिला नेतृ बसन्ती अधिकारीले बलात्कारका आरोपीलाई पक्राउ गरेको लामो समयसम्म पनि सार्वजनिक नहुनु शंकास्पद रहेको बताईन । आर्थिक चलखेलमा घटना मिलाउने प्रयास हुन सक्ने भन्दै नेतृ अधिकारीले आफुहरु निरन्तर खबरदारीको अभियानमा जुटेको बताईन ।
दोषीलाई सार्वजनिक गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

यसैबिच कोहलपुरका महिला अधिकारकर्मी तथा पत्रकारहरुले बलात्कारका दोषीलाई तत्काल सार्वजनिक गरिनुपर्ने भन्दै बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन । मंगलबार महिला अधिकारकर्मीको नेतृत्वमा गएको एक टोलीले कोहलपुर प्रहरीले बलात्कारका दोषीलाई लुकाउन खोजेको भन्दै तत्काल सार्वजनिक गर्न र हदैसम्मको कारवाहीको माग गरेका हुन । उनीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालयको समेत ध्यानाकर्षण गराएको महिला अधिकारकर्मी तथा नेतृ बसन्ती अधिकारीले जानकारी दिईन ।
काँग्रेसले निकाल्यो बिज्ञप्ती
घटनाको विरोध गर्दै दोषीलाई हदैसम्मको कारवाहीको माग गर्दै नेपाली काँग्रेस कोहलपुर नगरकार्य समितिले प्रेस बिज्ञप्ती जारी गरेको छ । नगर सभापति बलराम शर्माले जारी गरेको बिज्ञप्तीमा आप्mनै नातिनीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हजुरवाका कारण समाजमा सन्त्रास सिर्जना भएको बताइएको छ ।
समाजमा एउटा अपराधिक मानकिता र गलत व्यक्तिका कारण सामाजिक मर्यादामा ठुलो असर पुगेकाले अबका दिनमा यस्ता घटना दोहोरिन नदिन सबैमा बिज्ञप्तीमार्फत अपिल समेत गरिएको छ । दोषीलाई उन्मुक्ति दिने प्रयास कहि कतै भए त्यसको कडा रुपमा नेपाली काँग्रेसले प्रतिवाद गर्ने जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

१९ भाद्र २०७५, मंगलवार १४:२० प्रकाशित