आफ्नै नातिनी बलात्कार गर्ने ब्यक्तिलाई फाँसी दिनुपर्ने भन्दै कोहलपुरका महिलाहरुले ईलाका प्रहरी कार्यालय घेराउ गरेका छन । बिगत ३ वर्षदेखि १३ वर्षिय वालिकासँग अनैतिक क्रियाकलाप गर्दै आएका कोहलपुर नगरपालिका–५ घिमिरे टोलका रामचन्द्र घिमिरेलाई फाँसी दिनुपर्ने भन्दै महिलाहरुले स्थानिय प्रशासनसँग माग गरेका हुन ।
७९ वर्षिय घिमिरेलाई आफ्नै नातिनी बलात्कार गरेको आरोपमा गत बिहिबार कोहलपुर प्रहरीले पक्राउ गरेको थियो ।
बालिकाको स्वास्थ्य स्थिती नाजुक हुँदै गएपछि उपचारकालागि अस्पताल पुर्याईएकी बालिकाले आफ्नै हजुरबुवाले २०७२ सालदेखि निरन्तर बलात्कार गर्ने गरेको तथ्य सार्वजनिक गरेको ईलाका प्रहरी कार्यालयका प्रहरी नयब उपरिक्षक रमेश बहादुर सिंहले जानकारी दिए ।
मेडिकल चेपअपपछि थप अनुसन्धानलागि प्रहरीको नियन्त्रणमा रहेका घिमिरेले आर्थिक चलखेल गर्नसक्ने आशंका बढेको भन्दै स्थानिय महिलाहरुले फाँसीको सजाय दिनुपर्ने माग गर्दै सोमबार पनि ईलाका प्रहरी कार्यालय कोहलपुर घेराउ गरेका हुन । प्रहरीले आईतबार मुद्दा दर्ता गरि ५ दिनको म्यद थप गरेको प्रहरी नायब उपरिक्षक सिंहले जानकारी दिए ।
१८ भाद्र २०७५, सोमबार २०:१७ प्रकाशित