दुई सय बर्ष पुरानो संग्रहालयमा भीषण आगलागी
  • काँचुली खबर

काठमाडौं– व्राजिलको दुई सय बर्ष पुरानो राष्ट्रि«य संग्रहालयमा भीषण आगलागी भएको छ । रियो द जेनेरियो रहेको ऐतिहासिक तथा साँस्कृतिक संग्रहालयमा आइतबार आगलागी भएको हो । उक्त संग्रहालयमा २० लाख बराबरको ऐतिहासिक तथा पुरातात्विक महत्वका वस्तुहरु संग्रहित थिए । आगलागीबाट मानवीय क्षती भएको या नभएको भन्नेबारे अहिलेसम्म केही खुलेको छैन । ब्राजिलका टेलिभिजनहरुले प्रसारण गरिरहेको दृश्यमा अग्नी नियन्त्रकहरुले संग्रहालयभर फैलिएको आगो नियन्त्रणको प्रयास गरिरहेको देखिन्छ ।

आगलागी भएपछि ब्राजिलका राष्ट्रपति मिचेल तमरले दुख व्यक्त गर्दै ट्वीट गरेका छन् । आगलागी हुनुको कारण भने अहिले सम्म खुल्न सकेको छैन ।
कुनै समयमा पोर्चुगिज राजपरिवार बसोबास गरेको यस संग्रहालयले यो बर्ष मात्रै २०० औं बर्षगाँठ मनाएको थियो ।

  • १८ भाद्र २०७५, सोमबार ०९:२० प्रकाशित
  • Nabintech