पोखराको बुल्समेन क्लबले आयोजना गरेको “तेश्रो मिष्टर बुल्समेन खुल्ला राष्ट्रिय शारिरिक सुगठन प्रतियोगिता तथा प्रथम महिला फिटनेस च्याम्पियनशिप २०७५” मा काठमाडौका मिलन बिक्रम सिजापती तेश्रो मिष्टर बुल्समेन च्याम्पियन बनेका छन ।
पोखरा रंगशालामा सम्पन्न प्रतियोगितामा सिजापती ८० केजी तौलमा प्रथम हुँदै फाइनल राउण्डको प्रतिष्पर्धामा पगेका हुन्। उनले सबै तौल सुमहमा प्रथम हुने ६ जना प्रतियोगिलाई उछिन्दै मिष्टर बुल्समेन च्याम्पियन बन्न सफल भएका हुन्। प्रथमस्थान हातपारे संगै सिजापतीले नगद ३ लाख सहित बुल्समेन ट्रफी हात पारे ।
यसै गरि महिला फिटनेश तर्फ काठमाडौकी बिनिता राइ प्रथम हुँदै ४० हजार १ सय ११ नगद सहित ट्रफी जित्न सपल भइन भने फिजिकल फिटनेशकी सुजिता मानन्धर दोश्रो भइन उनले ३० हजार १ सय ११ र मसल वल्र्ड जिम काठमाडौकी शोभा मानन्धर तेश्रो भइन उनले २० हजार १ सय ११ प्राप्त गरिन ।
प्रतियोगितामा पुरुष ५५ केजी तौल सुमहमा नेपाल व्यायम मन्दिरका शुसिल विन्दुकार प्रथम भएका छन । यसै गरि सोही स्र्पाधामा मशल मेनिया फिटनेश काठमाडौका आवाज प्याुकरेल द्वितिय र बुटबल फिटनेशका सुनिल आले तृतिय भए।
प्रतियोगितामा ६० केजी तौलमा पोखरा जायन्ट फिटनेशका मनोज केसी प्रथम, काठमाडौ नेपाल व्ययाम मन्दिरका रबी मर्हजन द्वितिय र भक्तपुर टोटल फिजिकल फिटनेशका किशन दास दिवाकार तेश्रो भए ।
यसै गरि ६५ केजी तौल सुमहमा बुटवल फिटनेशका मोतिलाल चौधरी पहिलो भएका छन । सोही स्र्पाधामा काठमाडौ फिटनेश फष्र्टका रोजेज बर्जाचार्य द्वितिय र काठमाडौ डिभाइन फिजिकलका प्रज्वलमान शाक्य तृतिय भए ।
प्रतियोगितामा ७० केजी तौलमा मेगा जिम पोखराका भरत श्रेष्ठ प्रथम, काठमाडौ नेपाल व्यायमका सन्जिव कुमार श्रेष्ठ द्वितिय र विराटनगर पावर जिमका अमृत दमाई तृतिय भए ।
यसै गरि ७५ केजी तौलमा भक्तपुर पारामाउण्ट फिजिकलका प्रवेश श्रेष्ठ प्रथम, चितवन जिमका मरिचमान लामा द्वितिय र काठमाण्डौ रिभर फिल्ड जिमका अशोक मर्हजन तृतिय भएका छन ।
यसै गरि ८० केजीमा नेपाल व्यायमका मिलन विक्रम सिजापती प्रथम, झापा ग्यालेक्सी फिटनेशका ललित धिमाल द्वितिय र काठमाण्डौ न्यू फेल्यास फिटेशका नरेश मालाकार तृतिय भए ।
प्रतियोगितामा ८० केजी तौल भन्दा माथीको क्याटोगरीमा मोरङ पथरी फिटनेशका प्रकाश राई प्रथम, नेपाल मन्दिरका ग्रेस मर्हजन द्वितिय र रुपन्देही ह्युमर फिटेशका विष्ण् कुमार निशाद तृतिय भए ।
प्रतियोगितामा प्रत्येक तौल क्याटोगरीमा पुरुष तर्फ प्रथम, द्वितिय र तृतियले नगद २०, १५ र १० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।
१७ भाद्र २०७५, आईतवार १७:४२ प्रकाशित