आफ्नै नातिनी बलात्कार गर्ने ब्यक्तिलाई फाँसी दिनुपर्ने भन्दै कोहलपुरका महिलाहरुले ईलाका प्रहरी कार्यालय घेराउ गरेका छन । बिगत ३ वर्षदेखि १३ वर्षिय वालिकासँग अनैतिक क्रियाकलाप गर्दै आएका कोहलपुर नगरपालिका-५ घिमिरे टोलका रामचन्द्र घिमिरेलाई फाँसी दिनुपर्ने भन्दै महिलाहरुले स्थानिय प्रशासनसँग माग गरेका हुन ।
७९ वर्षिय घिमिरेलाई आफ्नै नातिनी बलात्कार गरेको आरोपमा गत बिहिबार कोहलपुर प्रहरीले पक्राउ गरेको थियो ।
बालिकाको स्वास्थ्य स्थिती नाजुक हुँदै गएपछि उपचारकालागि अस्पताल पुर्याईएकी बालिकाले आफ्नै हजुरबुवाले २०७२ सालदेखि निरन्तर बलात्कार गर्ने गरेको तथ्य सार्वजनिक गरेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक निरन्जन घिमिरेले जानकारी दिए ।
मेडिकल चेपअपपछि थप अनुसन्धानलागि प्रहरीको नियन्त्रणमा रहेका घिमिरेले आर्थिक चलखेल गर्नसक्ने आशंका बढेको भन्दै स्थानिय महिलाहरुले फाँसीको सजाय दिनुपर्ने माग गर्दै आईतबार ईलाका प्रहरी कार्यालय कोहलपुर घेराउ गरेका हुन ।

वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378



१७ भाद्र २०७५, आईतवार १४:२४ प्रकाशित