कोहलपुर नगरपालिका वडा नं. १२ को वडा स्तरिय युवा संजालको प्रथम भेला शनिवार सम्पन्न भएको छ । प्रथम भेलाले निवाश वहादुर शाहीको अध्यक्षतामा नयाँ कमिटि गठन गरेको छ ।
जसको उपाध्यक्षमा माधव अधिकारी, सचिवमा देवनारायण काफ्ले, सहसचिवमा विकल भट्टराई कोषाध्यक्षमा विशाल पन्थी सहित ११ सदस्यीय कार्यसमिति चयन गरेको युवा संघका केन्द्रीय सदस्य खेमराज शर्माले जानकारी दिए ।
बागेश्वरी क्याम्पसका स्ववियु सभापति दिनेश केसिका अनुसार नवनिर्वाचित कार्यसमितिको प्रथम बैठक बसी युवा नेता सुमन घिमिरे र हेमन्त भट्टराईलाई नगर अधिवेशन प्रतिनिधि चयन गरिएको छ ।
भेलामा सहभागी सय बढि युवाले युवा संजाल कोहलपुरले भावी दिनमा युवाहरुको सर्वाङ्गीण विकासकालागि काम गर्नुपर्ने भएकाले सुझबुझका साथ युवा संजाल वनाउन माग गरेको छ ।
युवा संजाल कोहलपुरको भेला लाई नेकपाका नेता टेक वहादुर शाही, राप्रपाका केशव खनाल, नेपाली काँग्रेस सभापति गोविन्द ढकाल र कोहलपुर नगरपालिका वडा नं. १२ का अध्यक्ष कृष्ण वहादुर खड्काले सम्वोधन गरेका थिए ।
१६ भाद्र २०७५, शनिबार २०:४५ प्रकाशित