५ जेष्ठ २०८१, शनिबार
विप्लवमाथी रेड कर्नर नोटिस जारी गर्ने तयारीमा भारत
  • काँचुली खबर

भारतीय प्रहरीले भारतीय नक्सलाइट माओवादीलाई नेपालबाट हतियार सप्लाई हुने गरेको आरोप लगाएको छ। महाराष्ट्रा राज्यको पुलिसले भारतीय नक्सलाइट माओवादीलाई नेपालबाट हतियार सप्लाई हुने गरेको आरोप लगाएको हो ।

शुक्रबार महाराष्ट्रा पुलिसका एडीजी परमवीर सिंहले पत्रकार सम्मेलन गरेर नेपालबाट भारतीय नक्सलाइट माओवादीलाई हतियार आउने गरेको तथ्य सार्वजनिक गरेका हुन्।

भारतीय माओवादीका नेता तथा समर्थकहरू रोना विल्सन, सुरेन्द्र गाडलिंग, सुधीर ढबले, शोमा सेन र महेश राउत पक्राउ परेपछि उनीहरूको कोठाबाट बरामद भएको दस्तावेजले अरु थुप्रै गोप्य कुराहरू खोलेको महाराष्ट्रा पुलिसका एडीजी सिंहले बताएका छ ।

महाराष्ट्रा पुलिसले नक्सलाइट माओवादीका नेताहरू बस्ने घरमा अप्रिल १७ तारिखमा छापामारेको थियो । पक्राउ पर्नेमा अधिकांश माओवादी नेताहरू प्रोफेसर, वकिल लगायतका क्षेत्रमा काम गर्दै आएका थिए । सिंहले नेपालका सप्लायर्सले हतियार भारतीय माओवादीलाई दिएको बताए पनि उनीहरूको नाम खोलेका छैनन् ।

यद्यपि भारतीय सुरक्षा निकायले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले भारतीय नक्सलाइट माओवादीलाई हतियार दिने गरेको आरोप लगाउँदै आएको छ ।

भारतीय सुरक्षाका उच्च निकायले भारतीय नक्सलाइट माओवादीलाई हतियार सप्लाई हुन नदिन नेपालको सुरक्षा निकायसँग समन्वय गरी इन्टरपोल मार्फत रेड कर्नर नोटिस जारी गर्ने तयारीमा जुटेको छ।

उनीहरूले निर्वाचित सरकारलाई हटाएर नयाँ सरकार बनाउन खोजेको भनेर आरोप लगाइएको छ । उनीहरूका विरुद्ध देशद्रोहको अभियोगसहित अदालतमा मुद्दा दायर भएको इण्डिया टिभीले जनाएको छ ।

 

नेपालपाना अनलाईनबाट साभार ।

  • १६ भाद्र २०७५, शनिबार १८:५० प्रकाशित
  • Nabintech