एसिया कप छनोट : नेपालको पहिलो जित
  • काँचुली खबर

एसिया कप क्वालिफायर अन्तर्गत नेपालले मलेसियालाई १९ रनले पराजित गरेको छ। नेपालले दिएको १८९ रनको लक्ष्य पछायाएको आयोजक मलेसियाले ३० ओभरमा ९ विकेट गुमाएर १६९ रन मात्र बनाएको थियो।

यो जितसँगै नेपालले प्रतियोगितामा पहिलो जित हासिल गरेको छ । नेपालका लागि बसन्त रेग्मीले ३ विकेट लिए भने सन्दीप लामिछाने, सोमपाल कामीले २-२ विकेट लिए भने सागर पुन र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए।

मलेसियाका लागि अनवर अरुदीन र शायेद अजिज ३४-३४ रन बनाएका थिए भने अहमद फैजले २२ र भिरंदीप सिंहले २१ रन बनाएका थिए।बर्षाबाट प्रभावित भएपछि ३०-३० ओभरमा खेलाइएको खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै ३० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको थियो ।

नेपालका लागि आरिफ शेखले ६४ र दिपेन्द्रसिंह ऐरीले ५४ रन बनाएका थिए। नेपालले सुरुवातका ब्याट्सम्यान सस्तैमा गुमाएको थियो । अनिल शाहले १६, पारस खड्काले १३, ज्ञानेन्द्र मल्लले ११, सुबास खकुरेलले ९ रन बनाएर आउट भएका थिए। त्यस्तै सागर पुन शुन्यमा आउट भए भने बसन्तले ६ रन बनाए ।

त्यस्तै मलेसियाका शर्भिन मुनियाण्डि र शयाजद्रुल इन्द्रुसले ३-३ विकेट लिएका थिए भने मुहमद अनवरले एक एक विकेट लिएका थिए।यो खेलसँगै नेपालले तेस्रो खेलमा पहिलो जित हासिल गरेर क्वालिफायरमा शिर्ष दुईमा पर्ने सम्भावनालाई जिवितै राखेको छ। त्यस्तै मलेसियाले पनि तिन खेलमा एक खेलमा जित हासिल गरेको छ।

मलेसियासँगको खेलका लागि पारस खड्का ९ कप्तान०, बसन्त रेग्मी, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल ९उपकप्तान०, ललित भण्डारी, मोहमद अरिफ शेख, अनिल शाह, सन्दीप लामिछाने, सोमपाल कामी, सुबाश खकुरेल र सागर पुन खेलेका थिए।

  • १६ भाद्र २०७५, शनिबार १५:५२ प्रकाशित
  • Nabintech