नेइमार बार्सिलोना फर्किन आतुर !
  • काँचुली खबर

नेयमार पुनः पुरानै क्लब बार्सिलोना फर्किन आतुर रहेको फिलिप कोन्टिन्होले बार्सा कप्तान लियोनल मेसीलाई जानकारी गराएक छन्।

स्पेनिस वेब साइट डेली टाइम्सका अनुसार कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेन ‘पिएसजी’ गएका नेइमारले फेरि बार्सिलोना आउन चाहेको कोन्टिन्होलाई बताएको र कोन्टिन्होले नेइमारको कुरा कप्तान मेसीलाई भनेको खबर सार्वजनिक गरेको छ। नेइमार अघिल्लो सिजन मात्र विश्व कीर्तिमानी मूल्यमा स्पेनिस क्लब बार्सिलोनाबाट पिएसजी गएका थिए।

नेइमार अहिले आफ्नो पिएसजी जाने निर्णयमा पछुतोमा रहेको उक्त समाचारमा दाबी गरिएको छ। नेइमारले कोन्टिन्होसँग एक दिन जसरी भए पनि बालोन डी’ओर जित्न चाहेको र त्यसका लागि बार्सिलोना फर्कनेसमेत बताएको समाचारमा उल्लेख छ। कप्तान क्रिस्टियानो रोनाल्डो पोर्चुगलले घोषणा गरेको टोलीमा २ खेल खेल्ने खेलाडीमा परेका छैनन्।

क्रोएसियासँगको मैत्रीपूर्ण खेल र युईएफए नेशन्स लिग अन्तर्गत इटालीविरुद्धको खेलमा उनी पोर्चुगलबाट नखेल्ने भएपछि टिममा नपरेका हुन्। आगामी भदौ २१ गते पोर्चुगलले क्रोएसियासँग मैत्रीपूर्ण खेल खेल्दैछ। यस्तै युईएफए नेशन्स लिग अन्तर्गत पोर्चुगलले भदौ २४ गते इटासँग हुने खेलमा पनि रोनाल्डो नखेल्ने भएका छन्।
३३ वर्षका रोनाल्डो यो सिजन रियल मड्रिडबाट इटालियन क्लब युभेन्टस गएका छन् । उनले पोर्चुगलका पछिल्ला २० मैत्रीपूर्ण खेलमध्ये ८ वटामा मात्रै खेलेका छन् । रोनाल्डोले पोर्चुगलका लागि १५४ खेलमा ८५ गोल गरेका छन् ।

गएको जुलाईमा सम्पन्न भएको रुस विश्वकपमा उनले चार गोल गरे । रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल विश्वकपमा अन्तिम १६ सम्म पुगेको थियो । रोनाल्डो अहिले इटालीमा सेटल हुने प्रयासमा रहेकाले दुई खेलका लागि टिममा नराखिएको प्रशिक्षक फर्नान्डो सान्तोसले बताए।

  • १६ भाद्र २०७५, शनिबार १५:३१ प्रकाशित
  • Nabintech