नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धवल शम्शेर राणा नगरपालिका संघ नेपालको केन्द्रिय सदस्यमा चयन भएका छन । काठमाण्डौमा सम्पन्न नगरपालिका संघको छैठौं राष्ट्रिय अधिवेशनबाट बाँकेको प्रतिनिधित्व गर्दै राणा केन्द्रिय सदस्यमा सर्वसम्मत चयन भएका हुन ।
गत मंगलबारदेखि सुरु भएको नगरपालिका संघको राष्ट्रिय अधिवेशनले कोहलपुर नगरपालिकाकी उप–प्रमुख सञ्जु कुमारी चौधरी र नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्शेर राणालाई सर्वसम्मत केन्द्रिय सदस्यमा चयन गरेको कोहलपुर नगरपालिकाका प्रेस संयोजक भिम रावतले जानकारी दिएका छन । रावतका अनुसार शुक्रबार नगरपालिका संघको नयाँ कार्यसमित समेत सर्वसम्मत चयन गरिएको छ ।
१४ भाद्र २०७५, बिहीबार २१:०३ प्रकाशित