अन्तर्राष्ट्रिय वेपत्ता विरुद्धको दिवसका अवसरमा सम्मान तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । दिवसकै अवसरमा द्वन्द्व पीडित एकल महिला संजाल बाँकेको आयोजनामा कोहलपुरस्थित अतिथि होटलमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।
द्वन्द्वकालमा बाँके जिल्लाबाट १ सय २ जना वेपत्ता भएकोमा अहिलेसम्म राज्यले कुनै पनि नागरिकबारे सत्यतथ्य सार्वजनिक नगरेको भन्दै ‘लास कि सास’ का लागि निर्णायक संघर्ष गर्न सहभागीले जोड दिएका थिए ।
कार्यक्रममा द्वन्द्व पीडित एकल महिला संजाल बाँकेले पार्वती रोकाय, देव बहादुर केसी, परदेशी थारु लगायत १२ जना द्वन्द्व पीडित परिवारलाई सम्मान गरेको छ । सम्मानित परिवारका तर्फबाट बोल्दै पवित्रा रोकायले राजय सत्ता परिवर्तनकालागि गरिएको संघर्षका क्रममा आफ्ना १ छोरा र १ छोरा वेपत्ता भएको भन्दै राजय परिवर्तनमा योगदान दिएकोमा गर्ववोध भएको बताईन् ।

हिजोका विद्रोही र सरकार पक्ष मिलेपनि द्वन्द्व पिडित नागरिकहरु अझै सडकमा रहेको प्रति आक्रोश ब्यक्त गर्दै परदेशी थारुले भननी, ‘उत्पीडित जनता, लिंग र क्षेत्रमा बिद्रोही र राज्य पक्षले जुन चोट पुरयायो त्यसको हर्जाना सरकारले भर्नुपर्छ ।’
कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिका वडा नं. ११ का अध्यक्ष कर्ण बहादुर थापाले वर्तमान सरकारले द्वन्द्व पीडित परिवारको आँशु पुछ्नुपर्ने बताउँदै कोहलपुर नगरपालिका सदैव द्वन्द्व पीडित र एकल महिलाका पक्षमा अडिग रहेको दावी गरे ।
कार्यक्रममा द्वन्द्व पीडित एकल महिला संजालकी संस्थापक अध्यक्ष शोभा विसि, शान्ति परियोजना बाँके-बर्दिया अधिकृत आरति केसी,कोहलपुर नगरपालिकाका प्रशासकिय अधिकृत हरि बहादुर वली लगायतले सम्वोधन गर्दै द्वन्द्व पीडितहरुको एकमना एकताको लागि जोड दिएका थिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
१४ भाद्र २०७५, बिहीबार १९:२८ प्रकाशित