बाँके र ब्यक्ति बेपत्ता पार्ने कार्य बिरुद्धको अन्तराष्ट्रिय दिबस नेपागन्जमा एक कार्यक्रम गरि मनाईएको छ । नेपालगन्जमा आज एक कार्यक्रको आयोजना गर्दै बेपत्ता परिवारका समस्या र सरकार पक्षबाट भएका बिभिन्न प्रयासका बारेमा अन्र्तक्रिया समेत गरिएको थियो । कार्यक्रममा उपस्थित द्धन्द पिडितहरुले अझैसम्म न्याय नपाएको भन्दै आफ्ना पिडा सुनाउन बाध्य भएका थिए । कार्यक्रममा बोल्दै द्धन्द पिडित तिला खड्काले द्धन्द पिडितलाई अहिले आएर गाँसबासको अभाब समेत भएको बताई । यसमा राज्य पक्षबाट ब्ेवास्ता गर्दै आएकोमा यसमा राज्यले केही सोच्नु पर्नेमा उनको जोड रहेको थियो । बिगत लामो समय देखि आफन्तको लासको कुनै ठेगान छैन, यसमा राज्यले कुनै पनि चासो नदिएका कारण आफुहरु प्रत्येक बर्ष बेपत्ता दिवस मनाएता पनि त्यसको कुनै पनि अर्थ नरहेको सुनिता पाठकले बताईन । यस्तै पाठकले आफुहरुले उजुरी दिदा पनि छानबिन आयोग आफुहरुसंगै सम्पर्क बिहिन बनेका कारण आयोगले उजुरीमात्र लिनेहोकी सत्यतथ्य पनि के हो त्यो कहिले दिने हो भनि प्रश्न गरेकी थिइन । 
सरोकारवाला निकायका तर्फबाट बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका कार्यबहाक मेयर प्रमोद रिजालले द्धन्द पिडितका घाउमा मलहम लगाउनका लागी बिभिन्न कार्यक्रमहरु गर्न सकिने मा उनको जोड रहेको थियो । रिजालले द्धन्द पिडितका परिवारका लागी निशुल्क शिक्षा, स्वास्थ्यमा छुट र करका बिषयमा सोच्न सकिने पनि प्रतिबद्धता ब्यक्त गरेका थिए । यस्तै जिल्ला समन्वय समितीका अध्यक्ष अजय श्रीवास्तबले भाद्र महिनासम्ममा आठै स्थानिय तहका जनप्रतिनिधीहरुको बैठक गरि सबै स्थानिय तहमा द्धन्द पिडितका लागी के कस्तो कार्यक्रम गर्न सकिन्छ आफुहरु त्यस तर्फ अग्रसर हुने बताएका थिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कार्यक्रमका प्रमुख अतिथी प्रदेश नं। ५ की प्रदेश सांसद कृष्णा के।सी नमुनाले सत्यतथ्य अझैसम्म दिन नसक्ने आयोगलाई खारेज गरि नया आयोगको गठन गर्नु पर्नेमा आफु रहेको बताई । नमुनाले द्धन्द पिडितहरुका लागी गठिन आयोगको काम सन्तोषजनाक नभएको भन्दै यस बिषयमा प्रदेश सभामा समेत बोल्ने बताईन । द्धन्द पिडित परिवारका लागी प्रदेश सरकारले संघिय सरकार र स्थानिय सरकामा के कस्तो भुमिका निर्बाह गर्नु पर्छ आफु त्यसमा दृढता पुर्बक लाग्ने प्रतिबद्धता समेत गरिन । 
कार्यक्रममा मानब अधिकार आयोग क्षेत्रिय कार्यालय नेपागन्जका प्रमुख चन्द्रकान्त चापागाई, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख अरुण पौडेल, र द्धन्द पिडितहरुको सहभागिता रहेको थियो । सोही कार्यक्रममा २० भन्दा बढि सहभागीहरुले रक्तदान समेत गरेका थिए ।
१४ भाद्र २०७५, बिहीबार १४:३० प्रकाशित