ओखलढुंगा– ओखलढुंगाको मोलुङ गाउँपालिका–८ मा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । माथिबाट आएको पहिरोले घर पुरिँदा उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा वर्ष ४५ का पूर्णबहादुर राई, उनकी श्रीमती वर्ष ४० की धनकुमारी रहेका छन् । यसैगरी दिदि वर्ष ५० कि मित्रमाया राई र छोरा वर्ष ३ को आशिष रहेका जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । गएराति करिब एक बजे पहिरो गएको बताइएको छ ।
१४ भाद्र २०७५, बिहीबार १२:१० प्रकाशित