नेवाः देय दबू समितिको अध्यक्षमा श्रेष्ठ चयन
  • काँचुली खबर

नेवाः देय दबू जिल्ला समिति बाँकेको प्रथम जिल्ला अध्यक्षमा कृष्ण प्रसाद श्रेष्ठ चयन भएका छन । बाँकेको नेपालगन्जमा सम्पन्न प्रथम अधिबेशनबाट सदस्यमा छनौट गरिएका श्रेष्ठको अध्यक्षतामा प्रथम कार्यसमिति चयन गरिएको हो ।
शनिबार सम्पन्न समितिको पहिलो बैठकले उपाध्यक्षमा बद्रिप्रसाद श्रेष्ठ, सचिवमा प्रज्वल कुमार श्रेष्ठ, सह–सचिवमा तिमिला श्रेष्ठ र कोषाध्यक्षमा विकल कुमार श्रेष्ठलाई चयन गरिएको छ ।
त्यसैगरी कार्यसमिति सदस्यहरुमा क्रमशः पदम श्रेष्ठ, सुर्य कुमार श्रेष्ठ, बिष्णु कुमार श्रेष्ठ, समिरमान श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, साधना श्रेष्ठ, सारदा श्रेष्ठ र प्रकाश कक्षपती चयन भएका छन भने पुनम श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, राजेश मास्के, विनय श्रेष्ठ, रविनशन श्रेष्ठ र सुन्दर शाक्यलाई सदस्यमा मनोनित गरिएको नव गठित समितिका सचिव प्रजवकुमार श्रेष्ठले जानकारी दिए ।
नेवाः देय दबू जिल्ला समिति बाँकेको शनिबार सम्पन्न पहिलो बैठकले अशोक कर्माचार्य, पूर्णलाल चुके, राजेन्द्र श्रेष्ठ, हेमन्त कर्माचार्य, लक्ष्मी श्रेष्ठ, मिना श्रेष्ठ, किश्मत कुमार कक्षपती, ज्ञानेन्द्र कुमार श्रेष्ठ, गजेन्द्रमान पति, केशव पथिक र श्याम शाक्यलाई सल्लाहकारमा चयन गरिएको छ । समितिको पहिलो बैठकले बिभिन्न विभाग समेत गठन गरेको सचिव श्रेष्ठले जानकारी दिए ।

  • ९ भाद्र २०७५, शनिबार २१:१४ प्रकाशित
  • Nabintech