बा समुहलाई अभिमुखिकरण
  • काँचुली खबर

बाँकेको कोहलपुरमा लैङ्गिक हिंसा न्यूनिकरण विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । माइती नेपाल र पाइलट ग्रुप बाँकेको संयुक्त आयोजनामा शनिबार कोहलपुर नगरपालिका-२ मा सिद्धेश्वर बा समुहमा आवद्ध सदस्यहरुलाई अभिमुखिकरण गरिएको थियो ।
कार्यक्रम लैङ्गिक हिंसाका प्रकार, लैङ्गिक हिंसामा परेमा कहाँ गएर उजुरी गर्ने, यसको हदम्याद, लैङ्गिक हिंसासँग सम्बन्धित कस्ता उजुरी कहाँ र कतिदिन भित्र गर्नुपर्छ, पुनस्र्थापनाकालागि पीडितलाई आवश्यक सहयोग प्रणाली अन्तर्गत के-कस्तो सहयोग दिइन्छ भन्ने बारे अभिमुखिकरण गरिएको थियो । साथै लैङ्गिक हिंसा न्यूनिकरणकालागि संचालित अभियान, अभियानकर्मीले काम, कर्तब्य, अधिकार, लैङ्गिक हिंसा न्यूनिकरणमा युवाको भूमिका बिषयमा समेत छलफल गरिएको थियो ।
लैङ्गिक हिंसाको कोहलपुर नगरपालिकाको अवस्था र यसका घटना क्रम र घटनाको अवस्थासंगै मानब बेचबिखको अवस्था कोहलपुर नगरपालिकासँगै बाँकेको अवस्था मानव बेचविखन न्यूनिकरणका उपाए लगाएतका विषयमा जेण्डर मास्टर प्रशिक्षार्थी युवराज पोख्रेलले कार्यक्रमको सहजिकरण गरेका थिए ।

  • ९ भाद्र २०७५, शनिबार १८:३८ प्रकाशित
  • Nabintech