सुर्खेत विमानस्थलनजिक घर बनाउने क्रममा मजदुर रमेश थारु एक तला माथिबाट खसे। सँगै खसेको जस्तापाताले लागेर उनको कुहिनो छिनियो। नसा, रक्तनली, हड्डी सबै काटिएर करिब आधा इन्च छाला मात्र बाँकी रह्यो। यो साउन ३१ को घटना हो।
उनलाई तत्कालै वीरेन्द्रनगरकै ‘माया नर्सिङ होम’ लगियो। त्यहाँ सम्बन्धित विशेषज्ञ विदामा बसेकाले मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँ पठाइयो। त्यहाँ कार्यरत अर्थोपेडिक डाक्टर मंगल रावललाई फोन गरेर घटनाबारे जानकारी गराइयो। डा. रावलका अनुसार उनलाई अपरेसन गर्न सजिलो थिएन। उनका आफन्तले भने विश्वास देखाउँदै अनुमति दिए।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
आफन्तले विश्वास नगरेका भए ज्यान बचाउन भए पनि हात काटेर फाल्नुपर्ने अवस्था थियो। आफन्तले विश्वास देखाउँदा रमेशको हात जोडिएको छ। यतिबेला रमेशको हातमा ब्यान्डेज बाँधिएको छ, ओठभरि मुस्कान छ।
यो कर्णाली प्रदेशकै ठूलो सफल अपरेसन हो। ‘टिम सक्रिय भयो भने सफल भइने रैछ,’ डा. रावलले भने, ‘बिरामीको आत्मविश्वास र हाम्रो लगावले रमेशको काटेर फाल्नुपर्ने हात जोडियो, यो कर्णाली प्रदेशकै जोखिमयुक्त सफल अपरेसन हो भनेर दाबी गर्न सकिन्छ।’
२४ वर्षीय रमेश थारुका पत्नी र एक छोरी छिन्। क्षेत्रीय अस्पतालको चिकित्सक समूहले आँट नगरेका भए रमेशले एउटा हात गुमाउने डा. रावल बताउँछन्।
‘हात कुहिनाबाट चुँडिनै लागेको अवस्थामा हात थियो, चुँडाएर फाल्नुको विकल्प थिएन,’ उनले भने, ‘बाहिर रेफर गरिएको भए पनि रक्तस्रावका कारण बाटोमै मृत्यु हुने डर थियो। बिरामीले आत्मविश्वास देखाए। बिरामीका आफन्तले पनि भरोसा राखे। हामीले आँट गयौं। अपरेसन सफल भयो।’
रमेश थारुलाई अपरेसनपछि दुई दिनसम्म आइसियुमा राखिएको थियो। अहिले सामान्य वार्डमा राखेर उपचार भइरहेको डा। रावलले बताए।
रमेशले आफ्नो हात जोडिएकोमा खुसी व्यक्त गरे।
‘माथिबाट खसेपछि बेहोसीमै हात समातेर मैले रगत थामेँ,’ रमेशले भने, ‘काटेर फाल्नुपर्ने अवस्थाको हात जोडियो, खुसी छु। नभए हातै गुमाउनुपर्थ्यो।’
मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले विकट प्रदेशमा यस्तो जोखिमपूर्ण अपरेसन सफल हुनुलाई ‘खुसीको कुरा’ बताए।
डा. रावलका अनुसार रमेशको हातको अपरेसन गर्न साढे चार घन्टा लाग्यो। हात जोडिए पनि चल्ने वा नचल्ने ग्यारेन्टी गर्न नसकिने उनले बताए।
‘यस्तो अवस्थामा २५ देखि बढीमा ६० प्रतिशत निको हुने गरेको छ,’ उनले भने, ‘रमेशको हात चल्न सक्ने भयो भने पनि कम्तिमा ९ महिना लाग्ने छ।’ हातको रक्तनली र काटिएका नसा जोडिन सके हात चलायमान हुने उनले बताए।
स्रोत : सेतोपाटी
८ भाद्र २०७५, शुक्रबार १९:१७ प्रकाशित