विङ्गर दुर्घटना ११ जना घाईते, ३ जनाको अवस्था गम्भिर
  • काँचुली खबर

प्यूठानमा शुक्रबार विङ्गर दुर्घटना भएको छ । प्यूठानको बाग्दुलादेखि दाङको भालुबाङतर्फ जादै गरेको भे १ ज ८४३ नं। को विङ्गर शुक्रबार बिहान सरुमारानी गाँउपालिका ४ बडुडाँडा नजिक दर्भान बडुडाँडा सडक खण्डको रातामाटामा दुर्घटना भएको हो ।
दुर्घटनामा परी चालक सहित ११ जना यात्रुहरु घाईते भएका छन । घाइतेमध्ये ३ जनाको अबस्था गम्भिर रहेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकिका अनुसार दुर्घटनामा परी दाङ भालुबाङ बस्ने विङ्गर चालक ३० बर्षिया मिन बहादुर नेपाली, प्यूठान माण्डवी गाउंपालिका ३ का ३५ बर्षिया मिन बहादुर खनाल, सरुमारानी गाउंपालिका ४ बडुडाडांका ३२ बर्षिया ओम बहादुर सोमैको अवस्था गम्भिर भएकाले घाईते तीनै जनालाई थप उपचारका लागी भैरहवा लगिएको बताए।
यस्तै अन्य घाईतेहरु प्युठान नगरपालिका ९ बस्ने ४५ बर्षिया पुर्ण बहादुर थापा, ऐरावती गाँउपालिकाका हाल प्युठान खलंगा बस्ने २० बर्षिया राजन खड्का, सरुमारानी गाउंपालिका ४ बस्ने २४ बर्षिया प्रेम थारु, तुलसिपुर उपमहानगरपालिका ९ बस्ने ३४ बर्षिया खिम बहादुर बिक, बर्दिया जिल्लाकी ३३ बर्षिया बबिता पौडेल र बाँके राप्तीसोनारी ४ बैजापुर बस्ने २५ बर्षिया राम बहादुर चौधरीको राप्ती पोलिक्लिनिक भालुबाङमा उपचार भईरहेको छ । त्यस्तै प्यूठान माण्डवी गाँउपालिका ५ बस्ने ३३ बर्षिया चुनचुन गाह र उनका ८ बर्षिया छोरा पिताक्बर गाहको जिल्ला अस्पताल बिजुवारमा उपचार भईरहेको बुढाथोकिले जानकारी दिए ।
विङ्गर तिब्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाई छ। दुर्घटनाग्रस्त उक्त विङ्गरमा १५ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

  • ८ भाद्र २०७५, शुक्रबार १३:१४ प्रकाशित
  • Nabintech