प्रहरी ईकाईका प्रमुखहरु बिच अन्तरक्रिया सम्पन्न
  • काँचुली खबर

प्यूठानमा बिहिबार मातहत प्रहरी ईकाईका प्रमुखहरुको बिचमा जिल्लाको शान्ति सुरक्षाका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय प्युठानले आयोजना गरेको कार्यक्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहले जिल्ला सुरक्षाका लागी आफुले ७ स को कार्ययोजना अगाडि सारेको बताए। एक बर्षमा जिल्लामा गर्न सकिने क्रियाकलापहरुका बिषयमा जानकारी गराउदै गैरले सबल सुरक्षा,सदाचार र सुशासन, संकट (बिपद) ब्यवस्थापन, समन्वय र सहजिकरण, सार्वजनिक सम्पत्तिको संरक्षण, सभ्य समाज निमार्ण र सकारात्मक सोचको बिकास गर्ने बताए ।
उनले जिल्लाको शान्ती सुरक्षाको स्थिती र घटिरहेका अपराधिक घटनाहरु,मातहत प्रहरी कार्यालयका वडा एरियाहरुको बारे जानकारी,जनगुनाशो तथा नयां मुलुकी संहिता ऐन २०७४ सम्बन्धी प्रहरीले गर्नुपर्ने काम कर्तब्यको बारेमा जानकारी दिदै आगामि दिनमा जनतालाई भ्रष्टाचार मुक्त पारर्दसिता एवंम प्रभाबकारी सेवादिन सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिए ।
कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय प्यूठानका सह न्यायधिबक्ता शिब प्रसाद आचार्यले प्रहरी कर्मचारी र मातहत प्रहरी ईकाईका प्रमुखहरुलाई मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी कार्य्बिधि (संहिता) ऐन २०७४ र फौजदारी कसुर सजाय निर्धाण तथा कार्यन्यवन ऐन २०७४ को बारेमा छलफल तथा कानूनी ब्यबस्था सम्बन्धी जानकारी दिए ।
त्यस्तै प्रहरि नायव उपरिक्षक निर्मल बुढाथोकिले जिल्लामा शान्ति सुरक्षा स्थापना गरी आर्दश समाज निमार्णका लागी आफु संधै लागी लागिपर्ने बताए । साथै उक्त कार्यक्रममा उठाएका गुनासा तथा सुझाबहरुलाई प्रष्ट पार्दैै बुढाथोकिले प्रहरी काम कारवाहीमा परी आएको समस्याबारे विस्तृत जानकारी दिदै परी आएको समस्याप्रति सधै अढिक रहि आफ्नो जिम्मेवारी पुरागर्न प्रहरी कर्मचारीलाई निर्देशन समेत दिए ।

  • ८ भाद्र २०७५, शुक्रबार १३:०७ प्रकाशित
  • Nabintech