नेपाल तेक्वान्दो संघको ५ नम्बर प्रदेश स्तरीय सेमिनार नेपालगन्जमा शुरु
  • काँचुली खबर

नेपाल तेक्वान्दो संघको ५ नम्बर प्रदेश स्तरीय तेक्वान्दो नयाँ पुम्से सेमिनार नेपालगन्जमा आज देखि शुरु भएको छ । आज देखि शुरु भएको उक्त सेमिनार भाद्र १० गते सम्म चल्नेछ । यस प्रदेश भरीबाट ६० भन्दा बढी ब्ल्याक्बेल्ट भन्दा माथिकाहरुको उक्त सेमिनारमा सहभागीता रहेको छ । सो सेमिनारको समन्वय नेपाल तेक्वान्दो संघ ५ नम्बर प्रदेशले गरेको छ भने आयोजना नेपाल तेक्वान्दो संघ ललितपुरले गरेको छ ।

उक्त सेमिनारको प्रमुख अतिथी जिल्ला खेलकुद बिकास समिती बाकेका अध्यक्ष आतंक बस्नेतले मैनबत्ती बालेर उद्घाटन गरेका हुन । सेमिनारमा बिशिस्ट अतिथी क्वान एल दल ९कोरीयन प्रशिक्षक० थिए भने अतिथिहरुमा मध्यपश्चिम क्षेत्रीय खेलकुद बिकास समितिका उप निर्देशक चन्द्र बहादुर गुरुङ्ग, बिक्रम जङ्ग थापा, कबिराज खड्का, श्रीमान थापा, प्रकाश राजभण्डारी, मीन ब जिसी लगाएत थिए ।सेमिनार उद्घाटन कार्यक्रमको स्वागत नेपाल तेक्वान्दो संघ बाकेका अध्यक्ष नेत्र थापाले गरेको सो कार्यक्रममा सभापतित्व नेपाल तेक्वान्दो संघ ५ नम्बर प्रदेशकि संयोजक बिमला भन्डारीले गरेकी थिइन भने कार्यक्रम संचालन दिपक श्रेष्ठले गरेका थिए ।

  • ७ भाद्र २०७५, बिहीबार १५:२० प्रकाशित
  • Nabintech