नेपालगञ्ज, – विद्यार्थी नेतालाई कुटपिट गर्ने पुर्ब सभासद मैकुलाल बाल्मीकीलाई कारवाहीको माग गर्दै बाँकेका क्रियाशिल विद्यार्थी संगठन आन्दोलनमा उत्रिएका छन् । अनेरास्ववियु, नेविसङ्घ, अखिल क्रान्तिकारी, अखिल छैठौं र नयाँ शक्ति विद्यार्थी यूनियनले बिहिवार पुर्ब सभासद बाल्मीकी संचालक रहेको नेपालगञ्ज हेल्थ कलेजमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् ।
विद्यार्थी नेता सिपी देवकोटा र सुरज थापामाथी कुटपिट गर्ने क्याम्पस संचालक र क्याम्पस प्रशासनलाई कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय हालसम्म मौन बसेको र शैक्षिक माफियाको मनोबल बढाउने काम भएकाले दोषीलाई कडा कारवाही नभएसम्म तालाबन्दी यथावत रहने अनेरास्ववियु बाँकेका अध्यक्ष मोहित शाहले जानकारी दिए । 
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
संयुक्त विद्यार्थी संगठनले शुक्रबार सिटिईभिटिईबाट सम्बन्धनप्राप्त बाँकेमा संचालित सम्पूर्ण कलेज बन्द गर्ने निर्णय समेत गरेका छन् । बिहिवार बेलुका बिरोध सभा हुनेछ । बाल्मीकीले भने आरोप अस्वीकार गरेका छन् । उनी उपचारका लागि लखनउ रहेको श्रोतले जनाएको छ ।

७ भाद्र २०७५, बिहीबार १४:२६ प्रकाशित