कमला हमाल प्रकरणमा बोल्यो महासंघ !
  • काँचुली खबर

बाँकेकी महिला पत्रकार कमला हमाललाई सामाजिक सञ्जालमा अभद्र व्यवहार गर्ने ब्यक्तिलाई पत्रकार महासंघ बाँकेले कारबाही गरेको छ । बुधबार बसेको पत्रकार महासंघ बाँकेको आकस्मिक बैठकले महासंघका साधारण सदस्य समेत रहेका प्रमोद रिजाल लाई साधारण सदस्यबाट निलम्बन गर्न सिफारिस गरेको हो ।
‘शाखाका साधारण सदस्य कमला हमालको सामाजिक सञ्जाल फेसबुक स्टाटसमा महासंघकै साधारण सदस्य प्रमोद रिजालले असभ्य, अश्लिल गालीगलौज गरी लेखिएको कमेन्टमा नेपाल पत्रकार महासंघ बाँकेको गम्भिर ध्यानआर्कषण भएको छ’ महासंघद्धारा सचिव तिलक गाँउलेद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘निजले लेखेको कमेन्टले हमालको भावनामा चोट पु¥याएको तथा पत्रकार आचार संहिता बिपरितको कार्य भएको ठहर गर्दै निज रिजाललाई नेपाल पत्रकार महासंघको साधारण सदस्यबाट निलम्बनका लागी नेपाल पत्रकार महासंघ प्रदेश कार्यालय र केन्द्रिय कार्यालयमा सिफारिस गर्ने निर्णय गरिएको छ ।’
एउटै पेशामा आवद्ध रहेका ब्यक्तिले सामाजिक सञ्जालमा अभद्र ब्यवहार गरेपछि पीडित पत्रकार कमला हमालले न्याय प्राप्तिका लागि सम्बन्धित निकायमा उजुरी गर्ने तयारी गरेको बताएकी छन । कानुन ब्यवसायी, महिला अधिकारकर्मी, अग्रज पत्रकार लगायतसँग परामर्श लिएर कानुनी बाटो अबलम्वन गर्ने मनस्थितीमा पुगेको उनले बताईन । पत्रकार हमालमाथी भएको उक्त घटनाको पत्रकारका विभिन्न संघ, संगठनले निन्दा एवम् घोर भत्र्सना गरेका छन् ।

  • ६ भाद्र २०७५, बुधबार १८:२२ प्रकाशित
  • Nabintech