ईस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व इद-उल-अजहा (बकर इद) नेपालगन्जमा पनि धुमधामका साथ मनाईएको छ । बकर ईदको अवसरमा बुधबार स्थानिय वीपी चोकस्थित ईदगाहमा हजारौंको संख्यामा उपस्थित भई मुस्लिम समुदायले सामुहिक नमाज (प्रार्थना) पढे ।
नमाजपछि एक आपसमा अंकमाल गर्दै शुभकामना आदान-प्रदान गरियो । बकर इदको रमझम मुख्यगरी नेपालगन्ज नगरमा देखिएको छ । ईदमा शुभकामना आदान-प्रदान गर्न सहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राई, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणा लगायत अन्य स्थानीय नेताहरु वीपी चोकस्थित ईदगाह पुगेका थिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
तीन दिनसम्म मनाईने यो पर्वमा हज र कुर्वानी ९वलि० दिनुपर्ने प्रमुख विषेशता रहेको छ । बकर ईदमा ईस्लाम धर्मावलम्बीहरुका लागि हज र कुर्वानी अनिबार्य भएकोले मुस्लिम समुदायले ईगदाहमा नमाज पढेपछि दक्ष अनुसारको पशु बली कुर्वानी दिने प्रचलन रहेको छ ।






६ भाद्र २०७५, बुधबार १५:०८ प्रकाशित