कोहलपुरका व्यवसायीहरुसँग वृहत् अन्तरक्रिया
  • काँचुली खबर

कोहलपुर नगरपालिका उपभोक्ता हित संरक्षण समितिको आयोजनामा कोहलपुर नगरपालिका क्षेत्र भित्र रहेका मासु व्यवसायी तथा दुध डेरी सञ्चालन गरिरहेका व्यवसायीहरुसँग वृहत् अन्तरक्रिया सम्पन्न भएको । कोहलपुर नगरपालिका उप-प्रमुख एवं नगर स्तरीय उपभोक्ता हित संरक्षण समिति संयोजक सन्जु कुमारी थारुको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बजारमा व्यवसाय गरिरहेका व्यवसायीहरुले आफ्नो व्यवसाय गर्दा व्यवसायीको प्रकृति अनुसारको सावधानी अपनाउनु पर्ने र आम उपभोत्ताहरुको हित विपरीत हुने गरी आफ्ना कुनै पनि व्यवसाय सञ्चालन गर्न नपाइने विषयमा अन्तरक्रिया गरेको हो ।
अन्तरक्रिया कार्यक्रममा अधिवक्ता राजेन्द्र शर्माले स्थानीय सरकार सञ्चालन ऐन अनुसार बनेको बजार अनुगमन कार्यविधि २०७५ ले व्यवस्था गरेको मापदण्ड भित्र रहेर व्यवसाय गर्नु पर्ने सुझाव दिए । अधिवक्ता शर्मा बजार अनुगमन समितिले अनुगमन गर्दा आम उपभोत्ताहरुको स्वास्थ्यमा प्रतिकुल हुन सक्ने उपभोग्य वस्तु विक्री वितरण गरेका पाएमा कार्यविधिले गरेको व्यवस्था अनुसार कारबाही हुने जानकारी गराए ।
कोहलपुर नगर पशु शाखा प्रमुख डा. भिषण गजमेरले कोहलपुरमा सञ्चालनमा रहेका अधिकांश मासु पसलहरु उपभोत्ता हित संरक्षण ऐनले निर्धारण गरेको मापदण्ड अनुसार नभएकाले अनुगमनको क्रममा धेरैलाई सचेत गराएको र अब पनि मापदण्ड विपरीत गरेमा कानून बमोजिम कारबाही गर्न बाध्य हुने बताए । गजमेरले भने, ‘हामी विभिन्न बाह्र बुँदामा मासु व्यवसाय गर्दा व्यवसायीहरुले ध्यान दिनु पर्ने विषयहरुको बारेमा जानकारी गराएका छौं । अनुगमनको क्रममा ऐनले तोकिएको मापदण्ड अनुसार नगरिएको पाइएमा कानून बमोजिम कारबाही हुन्छ । व्यवसायीहरु आफै सचेत भएर हामीले जानकारी गराएको मापदण्ड अनुसार काम गर्नु होला ।’

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

कोहलपुर ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रमेश बहादुर सिंहले व्यवसाय गर्दा आम उपभोत्ताहरुको हितलाई ख्याल गरेर गर्नु सुझाव दिदै नेपाल सरकारका कानून र ऐनले गरेका व्यवस्था प्रतिकुल हुने गरी कसैले पनि कुनै पनि काम गर्न नपाइने बताए । सिंहले भने, ‘प्रहरी सरकारले बनाएको कानून कार्यान्वयन गर्ने निकाय हो, कानून विपरीत हुने गरी कसैले काम गरेमा त्यसलाई त्यसलाई कानूनी दायरामा ल्याउनु हाम्रो कर्तव्य हो र त्यस्तो पाइएमा हामी जो कसैलाई पनि कारशाही गर्न बाध्य हुनु पर्छ ।’ उनले आफ्नो पेशालाई व्यवस्थित र मर्यादित बनाउदा स्वयम व्यवसायीहरुको मर्यादा बढ्ने र आम उपभोत्ताहरुले पनि स्वच्छ र स्वस्थ्य उपभोग्य वस्तु उपभोग गर्न पाउने तर्क गरे ।
अन्तरक्रिया कार्यक्रममा सहभागी मासु तथा दुध डेरी सञ्चालन गरेका व्यसायीहरुले आफूले व्यवसाय सञ्चालन गर्दा आइपर्ने समस्याहरुको बारेमा धारणा राखेका थिए । उनीहरुले कतिपय अवस्थामा आफूलाई ऐन कानूनको बारेमा जानकारी नभएर पनि ऐनले निर्धारण गरेको मापदण्ड अनुसार व्यवसाय सञ्चालन नगरेको बताए । उनीहरुले कानूनले निर्धारण गरे अनुसार व्यवसाय गर्ने प्रतिवद्धता समेत गरेका थिए ।
अन्तरक्रिया कार्यक्रमको समापन गर्दै उपभोत्ता हित संंरक्षण समिति संयोजक समेत रहेकी उप(प्रमुख सन्जु कुमारी थारुले कोहलपुरमा रहेका अधिकांश मासु पसलहरु मापदण्ड अनुसार नरहेको पाइएकाले ऐनले निर्धारण गरेका र हामीले अनुगमनका क्रममा दिएको सुझाव अनुसार आ–आफ्ना व्यवसायहरुलाई व्यवस्थित गर्न सुझाव दिइन् । उनले भनिन्, ‘तपाईहरुले आफ्नो व्यवसायलाई उपभोत्ताहरुको हितलाई ध्यानमा राखेर गर्नु पर्दछ । आफ्नो व्यवसाय गर्ने तर आम उपभोत्ताहरुको अधिकारलाई व्यवास्ता गरेको पाइएमा उपभोत्ता हित संरक्षण ऐनले गरेको व्यवस्था अनुसार कारबाहीको भागिदार बन्नु पर्छ । सबैले आफ्नो पेशालाई पनि मर्यादित बनाउने र उपभोत्ताहरुको हितलाई पनि ध्यान दिनु होला ।’
कार्यक्रममा कोहलपुर नगरपालिका क्षेत्रमा मासु व्यवसाय तथा दुध डेरी व्यवसाय गरिरहेका करिब पाँच दर्जन बढी व्यवसायीहरुको सहभागीता रहेको थियो ।

  • ५ भाद्र २०७५, मंगलवार २१:३८ प्रकाशित
  • Nabintech