स्रष्टाहरुलाई बिच्काउँदै ज्ञानोदय पुस्तकालय
  • काँचुली खबर

कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालयमा देखिएको राजनितिक खिचातानीका कारण यहाँका साहित्यीक स्रष्टाहरुमा निराशा छाएको छ । पुस्तकालयजस्तो पवित्र संस्थामा दलगत स्वार्थबाट प्रेरीत भई राजनितिक चलखेल बढेको भन्दै पाठक तथा स्रष्टाहरु निराश बनेका हुन ।
हालै नयाँ कार्यसमिति चयन गरिएको भनिएको पुस्तकालयमा काँग्रेसबाहेकका अन्य दलहरुले निर्वाचन प्रक्रिया अबैधानिक भएको भन्दै बहिस्कार गरेका थिए । कोहलपुरमा सक्रिय बिभिन्न दलहरुको बहिस्कारका बावजुत निर्वाचन सम्पन्न गरिएको ज्ञानोदय पुस्तकालयमा काँग्रेस निकट उम्मेदवारहरुको सिङ्गो प्यानललाई नै बिजयी घोषणा गरिएको थियो ।
पुस्तकालयको निर्वाचनमा सहभागी भएका साहित्यकार तथा प्रध्यापकद्धवय बद्री ढकाल हिरामणी र मणी गैरेले निर्वाचन प्रक्रिया राजनितिक पुर्वाग्रहबाट संचालन गरिएको भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानमा आवद्ध ढकाल र गैरेले उम्मेदवारी फिर्ता लिएपनि पुस्तकालयमा निर्वाचन गरिएको थियो ।
यसैबिच पछिल्लो समय ज्ञानोदय पुस्तकालयमा ब्यापक राजनितिकरण हाबी भएको भन्दै युवा पुस्ताका चर्चित गजलकार कपिल अन्जानले मंगलबार पुस्तकालयको आजिवन सदस्यता फिर्ता लिएका छन । गत कार्यकालकालागि सचिव पदमा उम्मेदवारी दिएका अन्जानले राजनितिक लुछाचुडीका कारण संस्थाको गरिमा खस्कदै गएको भन्दै आजिवन सदस्यता फिर्ता लिएको सामाजिक संजाल मार्फत सार्वजनिक गरेका हुन ।
सदस्यता फिर्ता लिएको जानकारी दिर्दै अन्जानले सामाजिक संजालमा यस्तो लेखेका छन, ‘मैले गल्ती गरें या सहि मलाई थाहा छैन । तर मलाई राम्रोसँग थाहा छ मैले दिलबाटै सदस्यता लिएको थिएँ र दिलबाटै बाहिरिने निर्णय लिएँ ।’

  • ५ भाद्र २०७५, मंगलवार १६:१२ प्रकाशित
  • Nabintech