कञ्चनपुर – निर्मला पन्त बलात्कार घटनामा सार्वजनिक गरिएको अभियुक्तको बिषयलाई लिएर भीमदत्त नगरपालिकामा प्रहरी र बासिन्दाबीच झपड भएको छ । बलत्कारमा संलग्न नभएको व्यक्तिलाई अपराधी घोषणा गरेको भन्दै त्यसविरुद्ध भएको प्रदर्शन नियन्त्रण गर्न प्रहरीले ४ राउण्ड हवाई फायर गरेको छ । प्रहरीले प्रदर्शनमा उत्रिएका केहीलाई पक्राउ गरेको छ ।
नगरबासिन्दाले मानसिक सन्तुलन ठीक नभएको व्यक्तिलार्इ ‘बलात्कारी’का रुपमा सार्वजनिक गरेको भन्दै प्रहरीविरुद्ध प्रर्दशन जारी राखेका छन् । निर्मलाका बुबालाई प्रहरीले बिष्ट अभियुक्त भनी उनी विरुद्ध किटानी जाहेरी दिन दवाव दिएपछि बासिन्दा प्रहरी विरुद्ध प्रर्दशनमा उत्रेका हुन् ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
प्रहरीले वास्तविक अपराधी लुकाइएको भन्दै बासिन्दा विरोधमा उत्रेका हुन् । प्रदर्शन नियन्त्रणबाहिर पुग्ने स्थिति देखिएको छ । प्रहरीले सोमबार निर्मला हत्या प्रकरणमा ४१ वर्षीय दीलिप विष्टलाई बलत्कारका अभियुक्त भन्दै सार्वजनिक गरेको थियो ।
५ भाद्र २०७५, मंगलवार १३:०८ प्रकाशित