कोहलपुरमै मानसरोवर पार्क निर्माण गर्नुपर्नेमा जोड
  • काँचुली खबर

कोहलपुर- ५ नं  प्रदेशका वन तथा वातावरण मन्त्री लिला गिरिलाई कोहलपुरमै मानसरोवर पार्क निर्माणकालागि पहल गरिदिन आग्रह गरिएको छ । सोमबार कोहलपुर आएका मन्त्री गिरीलाई कोहलपुर नगरपालिका कार्यालयमा स्वागत गर्दै मेयर लुटबहादुर रावतले कोहलपुरमा पार्क निर्माणकालागि नितिगत निर्णय गर्न आग्रह गरेका हुन । मेयर रावतले कोहलपुरलाई पर्यटकीय नगरिको रुपमा विकास गनएकालागि कोहलपुर नगरपालिकाले तय गरेका योजनाका बारेमा मन्त्री
गिरीलाई जानकारी गराएका थिए ।  

पर्यटकीय दृष्टिकोणले उत्तम क्षेत्रको रुपमा रहेको कोहलपुरमा पार्क निर्माणका लागि रक्षा र जन एकता सामुदायिक वनमा क्षेत्र छुट्याइएको बताउँदै रावतले मन्त्रालयबाटै योजना स्वीकृतीकालागि मन्त्री गिरीलाई लिखित रुपमै माग पत्र बुझाएका छन ।

 

त्यसअघि मन्त्री गिरीले कोहलपुरनगरपालिका–१४ मा रहेको बाँकेकै अग्लो भ्यू टावरको समेत अवलोकन गरेका थिए ।

  • ५ भाद्र २०७५, मंगलवार १०:१७ प्रकाशित
  • Nabintech