नौवस्ता औद्योगिक क्षेत्रका स्थानियलाई ब्यवस्थापन गर्न माग
  • काँचुली खबर

बाँकेको बैजनाथ गाउँपालिकामा औद्योगिक क्षेत्र निर्माण हुनेमा ढुक्क हुन ५ नम्बर प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री लिला गिरीले बताएका छन् । सोमबार बाँकेको कोहलपुर आएका मन्त्री गिरीले बैजनाथ गाँउपालिकास्थित औद्योगिक क्षेत्र निर्माण स्थलको अनुगमन पछि यस्तो बताएका हुन । मन्त्री गिरीले आर्थिक रुपान्तरणका निम्ति उत्पादन क्षमतामा विकास हुन आवश्यक रहेको बताउँदै उत्पादन मुखि प्रदेश बनाउनका लागि प्रदेश सकारले नौवस्ता उद्यौगिक क्षेत्रलाई १० करोड बजेट बिनियोजन गरिसकेको जानकारी दिए । मन्त्री गिरीले गलत तत्वका कारण सोचअनुरुप विकासले गती लिन नसकेको बतादै जनताद्धारा स्थापित बहुमतको सरकारले स्थानीय उत्पादनलाई विकास गर्ने गरि नीति तथा कार्यक्रम ल्याएको बताए ।

अनुगमनका क्रममा औद्योगिक क्षेत्र नजिकै वस्तै आएका स्थानियहरुलाई भेटी मन्त्री गिरीले औद्यगीक क्षेत्र निर्माणकालागि सहज वातावरण बनाइदिन आग्रह गरेका छन । औद्योगिक क्षेत्रका कारण प्रभावित भएका स्थानियहरुलाई उचित स्थानमा व्यवस्थापन गर्ने गरि योजना बनिसकेको बताउँदै मन्त्री गिरीले बिना कुनै अबरोध औद्योगिक क्षेत्र निर्माण हुनेमा ढुक्क भएको बताए । त्यसक्रममा बैजनाथ गाउँपालिका–३ का वडाअध्यक्ष राम चरण थारुले स्थानीय जनताहरु को उचित व्यवस्थापन नभएको खण्डमा आफुहरु आन्दोलन गर्न बाध्य हुने बताउँदै मन्त्री गिरीलाई ध्यानाकर्षण गराएका थिए ।

त्यस क्षेत्रका साँसद आई।पी। खरेलले जनता र उद्योग सँगै–सँगै हुने बताउँदै आर्थिक रुपान्तरणका लागि उद्यौगिक क्षेत्र आवश्यक रहेको बताए । साथै पूर्व राज्य
मन्त्री दल बहादुर सुनारले राज्यले चाहेको खण्डमा स्थानीयहरुको उचित व्यवस्थापन हुन सक्ने बताउँदै स्थानीयहरुको व्यवस्थापनमा प्रदेश सरकार गम्भिर भएर लाग्नुपर्ने बताए । मन्त्री गिरीसँगै त्यसक्षेत्रमा पुगेका ५ नं। प्रदेशको भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री आरती पौडेल, सांसद ईन्द्र प्रसाद ख्ररेल, कृष्णा केसी नमुना लगाएत नेताहरुले मानसोरवर पार्क निर्माणकालागि छुट्याईएको वडा ४ स्थित नव प्रतिभा महिला सामुदायिक वनको समेत अवलोकन गरेका थिए ।

नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्था कार्यालयका प्रमुख कृष्णबहादुर पुनले उद्योग स्थापनाका लागि उद्योगीसँग आशयपत्र माग गरिएको बताउँदै औद्योगिक क्षेत्रमा तत्काल कार्यालय स्थापन गरिने जानकारी गराए । करिब ३ सय ३८ बिगाह क्षेत्रफलमा स्थापना हुने औद्योगिक क्षेत्रमा करीब २ सय ठूला तथा मझौला उद्योगहरु स्थापना गरिने बताईएको छ ।

  • ५ भाद्र २०७५, मंगलवार १०:१३ प्रकाशित
  • Nabintech