कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रले असन्तुष्ट पक्षलाई पाखा लगाउँदै आफ्नाे निर्वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
श्रावण १९ गते साधारण सभाको खुल्ला सत्र सम्पन्न
गरेको पुस्तकालयले बन्द शत्र जस्ता कार्यक्रम नै नगरी बिवाद समाधान भएको भन्दै भाद्र १ गते सदस्यहरुलाई कुनै सुचना प्रबाह नै नगरी एकाएक निर्वाचनको कार्यक्रमको घोषणा गरेको थियो ।
असन्तुष्ट पक्षले लगाएको ताला कागजातको अध्यन विश्लेषण पश्चात जिल्ला प्रशासन कार्यालय बाँकेको आदेशमा श्रावण ३१ गते बेलुका ६ बजे ईलाका प्रहरी कार्यालय कोहलपुरले तोडेको थियो । ताला तोडे लगतै भाद्र १ गते निर्वाचन मण्डलले निर्वाचन तालिका घोषणा गरेको निर्वाचन मण्डलका संयोजक जय प्रसाद पौडेलले जानकारी दिए । सदस्यहरुको नामावली प्रकाशन, दाबि बिरोध, उम्मेदवारी दर्ता तथा फिर्ता जस्ता कार्यक्रमहरु बिना कुनै जानकारी निकै छोटो समयमा हतार-हतार सक्नुलाई निकै अर्थपूर्ण रुपमा हेरेका असन्तुष्ट पक्षले पुस्तकालयमा चरम राजनितिकरण भएको आरोप लगाएका छन ।

यसैबिच निर्वाचन प्रक्रियाकाबारेमा कुनै सुचना तथा जानकारी नदिएको भन्दै कोहलपुरमा क्रियाशिल पत्रकार तथा असन्तुट पक्षले एक बिज्ञप्तिमार्फत साधारण सभामा भएका आम प्रक्रियाको बिरोध जनाएका छन ।‘ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको सदस्यता वितरण र जारी निर्वाचन प्रक्रियाप्रति कोहलपुरमा क्रियाशिल पत्रकारहरुको गम्भीर ध्यानाकर्षण भएको छ’ नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष प्रदिप वाग्लेले भने ।
‘यस क्षेत्रको ज्ञान, चेतना, सूचना, संचार र साहित्य क्षेत्रको अगुवा संस्थाको नयाँ नेतृत्व चयनका लागि भएको प्रक्रियालाई विवादरहित बनाउनुको सट्टा निश्चित उद्देश्य प्राप्तीकालागि वर्तमान कार्यसमिति र निर्वाचन मण्डल उद्दत रहेको भन्दै प्रेस विज्ञप्तिमार्फत् ध्यानाकर्षण गराईएका हौ’ पत्रकार तथा नेपाल ज्ञानोदय पुस्तकालयका निवर्तमान सचिब बिष्णु बेल्बासेले भने ।
पत्रकारसँग जोडिएको संस्थामा नै रोकिएको निर्वाचनलाई पुनः सिंचालन गरिएको सूचना सार्वजनिक माध्यमबाट प्रकाशन नै नगरी अपारदर्शी र नियोजित तरिकाले गरिएको निर्वाचन प्रक्रियाले पुस्तकालयको थप विकासमा बाधा पु¥याउने भन्दै विरोध जनाइएको हो ।
‘निश्चित स्वार्थपुर्ति भन्दा पुस्तकालयको दिगो विकासका लागि नयाँ शिराबाट निकास खोज्न यस क्षेत्रका स्थानीय सरकार, राजनीतिक दल, प्रशासन तथा पुस्तकालयका आमसदस्यहरुलाई अपिल गर्दछौं’ जारी विज्ञप्तिमा भनिएको छ ।
कोहलपुरमा रहेका झण्डै २ दर्जन सञ्चारकर्मीहरुले विभिद कारणवश रोकिएको निर्वाचन कार्यतालिका पुनः सुचारु भएको बारे सम्बन्धित सरोकारवाला सदस्यहरुलाई जानकारी नै नदिई जिल्लाभर सदस्य रहेको संस्थाको निर्वाचन प्रक्रिया एकैदिन ६ घण्टा भित्र सक्नु निन्दनीय रहेको विज्ञप्ति मार्फत् जनाइएको छ । ‘हजारको हाराहारीमा सदस्य रहेको संस्थाको निर्वाचन प्रक्रिया ६ घण्टाको अन्तरालमा सक्ने नियोजित अवस्था सिर्जना गरी निर्वाचन टुंग्याउन खोज्नु अपारदर्शी गतिविधि हो भन्ने हाम्रो ठम्याई छ’ विज्ञप्तिमा भनिएको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

त्यसै गरी कोहलपुरमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चालगायतका पार्टीहरुले समेत विज्ञप्ति जारी गर्दै अवरुद्ध रहेको निर्वाचन पुनः संचालनकालागि तय गरिएको कार्यतालिका कसैलाई जानकारी नै नदिई अपारदर्शी ढंगले निर्वाचन टुंग्याउन खोज्नु गलत मात्रै होइन, प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको बताएका छन् । ‘पुस्तकालय केही व्यक्ति वा समूहको स्वार्थपूर्ति हुने गरी षड्यन्त्रमूलक ढंगले कथितरुपमा बनाइएको कार्यसमिति विरुद्ध समानान्तर कार्यसमिति बनाउने समेत चेतावनी दिएका छौं’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्ति जारी गर्दै उनीहरुले अमुक पार्टीको निर्वाचन मण्डल र कथित समितिलाई अमान्य घोषणा गर्नका लागि स्थानीय सरोकारवाला निकाससँग समेत माग गरेका छन् ।
यसैबिच आईतबार उपाध्यक्ष र तीन सदस्यकालागी निर्वाचन सम्पन्न भएको छ । असन्तुष्ट पक्षबाट कुनै उम्मेदवारी दर्ता नभएपनि देखाउनकै लागि आईतबार निर्वाचन सम्पन्न गरिएको छ । निर्वाचन प्रक्रिया पूर्ण रुपमा अबैधानिक रहेको ठहर गर्दै स्थानिय संचारकर्मी, साहित्यकार तथा विभिन्न राजनितिक दलका प्रतिनिधीहरुले निर्वाचनमा सहभागीता नजनाउने भन्दै लिखित विज्ञप्ती सार्वजनिक गरेका थिए । तथापी केही पदहरुमा उम्मेदवारी दर्ता भएको भन्दै आईतबार निर्वाचन गरिएको थियो ।
३ वर्षिय कार्यकालकालागि आईतबार सम्पन्न भएको निर्वाचनबाट अध्यक्षमा चेतकान्त भट्टराई निर्वाचित भएका छन् भने उपाध्यक्षमा लाल बहादुर राना, सचिवमा सुशिल सापकोटा, सहसचिव निर्मल आचार्य र कोषाध्यक्षमा रजनी शर्मा निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा ठाकुर प्रसाद भुषा, माधव शर्मा, पुष्पानन्द गिरी विजय भएका छन् भने महिला सदस्यमा शर्मिला मल्ल र गिता प्याकुरेल निर्वाचित भएका छन ।
ज्ञानोदय सामुदायि पुस्तकालयको निर्वाचनका विषयमा केहि कुरा बाहिर आएपनि विधि र प्रक्रिया पुरा गरेरै निर्वाचन सम्पन्न गरिएको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष लिल बहादुर रानाले दाबी गरेका छन ।
४ भाद्र २०७५, सोमबार ०८:५७ प्रकाशित