नेपाल आयल निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेल र मटितेलमा दुई रुपैयाँ बढाइएको छ । हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा बढाइएको छ ।
नयाँ मूल्यअनुसार काठमाडौंमा उपभोक्ताले पेट्रोल १ सय ११ रुपैयाँ, डिजेल र मट्टितेलको ९५ रुपैयाँ तिर्नुपर्नेछ । मूल्य समायोजनपछि निगमको घाटा १५ दिनमा ७ करोड २० लाख रुपैयाँ हुनेछ । अमेरिकी डलरको भाउ बढेकाले तेलको भाउ बढाउनुपरेको निगमले जनाएको छ ।
३ भाद्र २०७५, आईतवार २३:१९ प्रकाशित