झिम्रुक नदिको किनारामा वेवारीसे शव
  • काँचुली खबर

प्युठानमा आईतबार एक वेवारीसे शव फेला परेको छ । मल्लारानी गाँउपालिका ५ गोदारीफांट स्थित झिम्रुक नदिको किनारामा शव फेला परेका हो। आज स्थानियवासीले नदि किनारमा सव देखे पछि प्रहरीलाई खवर गरेका थिए ।
अन्दाजी २०/२१ वर्षको ५ फिट उचाईं भएको र खैरो रङ्गको कुर्ता र हरियो रङ्गको सुरुवाल लगाएकि महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । वेवारीसे अवस्थामा फेला परेको मृतकको नाम थर भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय प्युठानका कार्यायलय प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले बताए । शवलाई शनाखतको लागि जिल्ला अस्पताल बिजुवारको शव गृहमा राखिएको उनले बताए । घटनाको थप अनुसन्धान भई रहेको बुढाथोकीले जानकारी दिए ।

  • ३ भाद्र २०७५, आईतवार २२:०७ प्रकाशित
  • Nabintech