हतियारसहित नेपालगन्जबाट एक पक्राउ
  • काँचुली खबर

नेपाल-भारत सीमा नाका जमुनाहाबाट हतियारसहित नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोट भेरी नगरपालिका-९ बस्ने २२ बर्षीय अमृत बिक रहेको प्रहरीले जनाएको छ । प्रहरीले एक थान एयर गन र सोको ३४ राउण्ड गोलीसहित बिकलाई पक्राउ गरेको हो । बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१५ स्थित जमुनाहा नाकाबाट एयर गनसहित बिकलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमूख एवं प्रहरी निरीक्षक अरुण पौडेलले जानकारी दिए । चेकजाँचका क्रममा बिकको साथबाट हतियार बरामद भएको प्रहरी उपरीक्षक पौडेलले बताए ।
यस्तै जाजरकोट भेरी नगरपालिका-९ कै १६ बर्षीय दिपक बिकको साथबाट पनि प्रहरीले फलामको चेन बरामद गरेको छ । उनीहरु दुवैलाई आवश्यक अनुसन्धानकालागि नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

  • ३ भाद्र २०७५, आईतवार २१:५५ प्रकाशित
  • Nabintech