देश दौडाहामा युवा साईकल यात्री
  • काँचुली खबर

देशका ७७ वटै जिल्लामा साइकल यात्रा गर्ने उद्देश्य सहित यात्रामा निस्किएका सुनसरी चतराका २७ वर्षिय युवा ओमप्रकाश बानिया ६१ वटा जिल्लाको साइकल यात्रा पूरा गरि ६२ औं जिल्ला बाँके पुगेका छन् । बर्दियाको गुलरिया हुँदै बाँके पसेका उनलाई नेपालगन्ज साइक्लिङ्ग क्लबका सचिव गगन थापा र सदस्य सतिश निरौलाले बाकेको खजुरा गाउँ पालिकामा स्वागत गरेको नेपालगन्ज साइक्लिङ्ग क्लबले जनाएको छ। शुक्रबार साँझ बाकेको खजुरा आइपुगेका बानियाले नेपालगन्जको प्रसिद्ध शक्ति पिठ बागेश्वरी मन्दिर र जुङ्गे महादेवको र नेपालगन्ज शहर को परिक्रमा गर्नुका साथै छिमेकी मुलुक भारतको उत्तर प्रदेशको बहराइच जिल्लाको बाबागन्जसम्मको यात्रा गरेको र आइतबार नेपालगन्जबाट दाङ्गका लागि प्रस्थान गर्ने नेपालगन्ज साइक्लिङ्ग क्लबका सदस्य सतिश निरौलाले जानकारी दिए ।

  • २ भाद्र २०७५, शनिबार १७:२० प्रकाशित
  • Nabintech