बाँकेकाे कोहलपुर नगरपालिका वडा नं. १० रामनगरमा रहेकाे जिवनज्याेती विद्यालयले शनिबार एक दिनकालागि विज्ञान तथा कला पर्दशनी र खाद्य मेलाको आयोजना गरेको छ ।
पर्दशनीमा कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत उपमेयर सञ्जु कुमारी चौधरी लगाएत का जनप्रतिनिधीहरुले अबलोकन गरेका थिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विद्यालयका प्रधानाध्यापक फादर जोमन जेम्सका अनुसार बिद्यालयमा पढाइका अलावा बिद्यार्थीहरुको चौतर्फी बिकासका लागी पनि यस्तो कार्यक्रमको आयोजना गरेको बताए ।
जीवनज्योति विद्यालयमा कक्षा ५ सम्म अध्यापन गराईन्छ । विद्यार्थीलाई पाठ्यक्रममा भएका ज्ञानका साथै अन्य जीवन भोगाईका आवश्यकीय ज्ञानको खाँचो पर्दछ । सानै उम्मेर देखि कक्षा कोठाको अध्ययनका साथै विद्यार्थीले आफ्नो रुचीका विषयमा पनि अभ्यास गर्न सकुन भन्ने उद्देश्यले यो पर्दशनी सुरुवात गरिएको जेम्सले वताए । 
प्रर्दशनीका लागि विद्यालय परिवार निरन्तर रुपमा विगत तीन दिन देखि विद्यार्थीले बनाएका सामग्रीको सजावट र व्यवस्थापनका लागि काम गरिरहेको हुदा आज को दिनलाई अबिभाबक र अतिथीहरुको अबलोकनलाई अझ आर्कषण बनाउन सकेको पनि उनले बताए ।
प्रर्दशनी अवलोकनका लागि स्थानीय तहका पदाधिकारीका साथै शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न प्रतिष्ठा र संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको जेम्सले वताए ।
प्रर्दशनी विहान १० बजे देखि २ बजे सम्म संचालन भएको थियो ।
अबलोकन कार्यक्रममा अबिभाबकहरुले आफ्ना बालबालिकाहरुले निर्माण गरेका बिभिन्न सामाग्रीहरुके अबलोकनका साथैं खाद्य परिकारहरुको समेत स्वाद लिएका थिए ।
तस्विर : रबिन्द्र सिंह ठकुरी
२ भाद्र २०७५, शनिबार १३:५१ प्रकाशित