गत सोमवारदेखी झिमरुक खोलाले वगाएर वेपत्ता भएका मिन बहादुर (वाटुले) सार्कि मृत भेटिएका छन् । खोलाले वगाएर वेपत्ता भएका झिमरुक गाउपालीका ७ तुषाराका बाटुलेको शब ५ दिन पछि शुक्रबार माण्डवी गाउपालीका ५ आपँचौरमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख निर्मल बुढाथोकीले जानकारी दिए ।
६० वर्षिय वाटुले सोमवार स्थानीय मच्छि वजारमा किनमेलका लागी आएको र घर फर्कने क्रममा झिमरुक खोला तर्दैगर्दा मच्छि ढाडभन्ने स्थानवाट उनलाई बगाएको थियो । केहिदिन देखि लगातार परेको वर्षातको कारण खोलाको वहाव वढेको भएपनि प्रहरीले उनको खोजी कार्य तीव्र पारिए पनि लामो समयको खोजीकार्य पछि उनको शब मृत अवस्थामा फेला पारिएको प्रहरी जनाएको छ । साथै मृतकको शब उनको भाई मन बहादुर सार्किलाइ आज नै जिम्मा लगार्ईएको प्रहरी प्रमुख बुढाथोकीले बताए ।
अहिले झिमरुक ओहोर दोहोर गर्न पुलको ब्यवस्था नहुदा उक्त स्थानका वासिन्दा वर्षातको समयमा जोखिम मोलेर खोला तर्ने गरेका छन् । झिमरुक खोलाको ढाड तुषारा जोड्ने पक्किपुल भने अहिले अलपत्र अवस्थामा छ । ठेकेदार कम्पनीको लापरबाहीले गर्दा लामो समयसम्मपनि पुल वन्न सकेको छैन् । पुल नवन्दा झिमरुक गाउपालीका ७ तथा गौमुखी गाउँपालीकाका विभिन्न वडाका स्थानीयहरु जोखिम मोलेरै झिमरुक खोला तर्दै आएका छन् ।
२ भाद्र २०७५, शनिबार ०९:०३ प्रकाशित