उन्नतिमा लागे बादी महिलाहरु
  • काँचुली खबर

बादी समुदायका महिला राजनीतिक, सामाजिक क्षेत्रको विकासका साथै तथा रोजगारमूलक व्यवसायमा संलग्न हुने क्रम बढ्दै गएको छ । विगतमा समाजबाट हेपिएका सो समुदाय अहिले सामाजिक विकास र रोजगारमूलक गतिविधिमा संलग्न हुँदै गएपछि स्थानीय समाजको पनि उनीहरूमाथिको दृष्टिकोणमा परिवर्तन भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका वडा सदस्य मञ्जु नेपाली बादीले भनिन, ‘अरु समुदायजस्तै बादी पनि इज्जतका साथ समाजमा बाँच्न चाहन्छन्, त्यसका लागि यो समुदायलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ ।’

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

‘विगतमा जमिन्दारी प्रथाले हामीमाथि शोषण भएको थियो, अहिले हाम्रो समुदाय इज्जतिलो पेशा गरेर जीवन निर्वाहमा जुटेको छ’ नाम उल्लेख नगर्ने शर्तमा नेपालगञ्जमा खुद्रा पसल सञ्चालन गर्ने एक बादी महिलाले भनिन ।

विगतमा सेभ द चिल्ड्रेन, बाँके युनेस्को क्लब, महिला विकास कार्यालय, लुमन्ती संस्था र विभिन्न सरकारी निकायबाट सीप विकास तालिम लिएका त्यस समुदायका सयौं महिला नेपालगञ्जमा सानादेखि ठूला स्वरोजगारमूलक व्यवसायमा संलग्न भएका छन् । समाजले अहिले उनीहरूलाई हेय र नकारात्मक दृष्टिकोणले व्यवहार गरेको पाइँदैन ।
बाँके मात्र होइन प्रदेश नंं ५, ७ र कर्णाली प्रदेशका सबै बादी समुदायका महिला इज्जतका साथ सरकारी तथा गैरसरकारी निकायमा नोकरी, स्वरोजगारलगायतका इलममा संलग्न छन् ।

यहाँको गगनगञ्जको भगवान तलाउ क्षेत्रमा बसोबास गर्ने र अगैया, कोहलपुर क्षेत्रका बादी समुदायका सबै घरपरिवारका सदस्य कुनै न कुनै इलममा संलग्न छन् । उनीहरूका सन्तान पनि विद्यालय र कलेज जाने गरेका छन् ।

  • १ भाद्र २०७५, शुक्रबार २१:११ प्रकाशित
  • Nabintech