निर्दयी आमा ! सेफ्टीट्याङ्कीमा डुबाएर नाबालकको हत्या
  • काँचुली खबर

के आमा पनि यतिसाह्रो निर्दयी हुन्छिन् ? शायद एकाध आमा निर्दयी हुने भएकैले राष्ट्रकवि माधव घिमिरेले ‘पापिनी आमा’ खण्डकाव्यमा यस्तो लेखेका होलान्, ‘पापमा हात चोपी छे चुरा फुटेकी ठुटीले, अंगारको ड्ल्लो पारेछ अनि दैवको मुठ्ठीले !’

ताप्लेजुङको पाथिभरा याङबरक वडा नम्बर २ की एक ‘पापिनी आमा’ ले आफ्नै दुई छोरीलाई शौचालयमा लगेर निर्मम हत्या गरेकी छन् । कच्ची शौचालयभित्र दिशामा डुबाइएकी एक छोरीको उपचारका क्रममा मृत्यु भएको छ भने अर्कीको शव सेफ्टी ट्यांकीमा फेला परेको छ ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

छोरीको हत्यापछि फरार रहेकी कमला एकवर्षे जुम्ल्याहा छोरीका साथ माइतीघरमा बस्दै आएकी थिइन् । कमलाकी आमाका अनुसार दुई छोरी काखी च्यापेर उनी घरबाट निस्किएकी थिइन् । तर, हिजो शौचालयको सेफ्टी ट्यांकीमा बच्चा रोएको सुनेपछि उनीहरुले छिमेकीलाई खबर गरे ।

त्यहाँ खाल्डे चर्पी थियो । स्थानीयले त्यही चर्पीबाट एक बच्चीलाई जीवितै उद्दार गरे । मलमूत्रले लत्पतिएको अवस्थामा उद्दार गरिएकी शिशुलाई स्थानीयले एम्बुलेन्समा हालेर बिर्तामोड पुर्‍याए ।

तर, बुधबार साँझ उनको मृत्यु भयो ।

अर्की बालिकाको भने सेफ्टी ट्यांकीमा नै मृत्यु भएको थियो ।

करिब परिवारका कमलाको माइतीसँग आफ्नी नातिनीको उपचार गर्न अस्पताल लैजाने पैसासमेत थिएन । उनीहरुले केही रकम संकलन गरेर एम्बुलेन्सको खर्च जुटाएका थिए ।

आफ्ना दुई शिशुलाई हत्या गरेर कमला कता गइन् भन्ने खुलेको छैन । प्रहरीले उनको खोजी गरिरहेको छ । घटनाबारे जानकारी दिँदै वडा नम्बर २ का वडाध्यक्ष ज्ञानप्रसाद दाहालले भने, ‘उनको मति बिग्रिएर यस्तो कुकर्म गरेकी होलिन् ।’

कमलाको विवाह इलामका एकजना गाडी चालकसँग भएको भनिए पनि उनी माइतमै बस्दै आएकी थिइन् ।

  • ३१ श्रावण २०७५, बिहीबार १५:२४ प्रकाशित
  • Nabintech