कुखुरा तस्करबाट ६० हजार जरिवाना असुली
  • काँचुली खबर

५ नम्बर प्रदेश प्रहरी ब्यूरो नेपालगन्जको टोलिले बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध भारतीय बोइलर कुखुरासहित ६ तस्करलाई पक्राउ गरेको छ । ब्यूरोका प्रमुख प्रहरी निरीक्षक देवी प्रसाद पौडेलको नेतृत्वको टोलिले २ क्यूक्टिल बोइलर कुखुरासहित ६ जना तस्करलाई बुधबार नियन्त्रणमा लिएको हो । तस्करहरुको साथबाट प्रहरीले कुखुरा तस्कर गर्न प्रयोग गर्ने ६ थान साइकल समेत नियन्त्रणमा लिएको थियो ।

भारतीय अवैध कुखुरा तस्कर विरुद्ध प्रदेश प्रहरी ब्यूरोले केहीहप्तायता अप्रेशन चलाएको छ । पक्राउ पर्ने तस्करहरुमा बढैयाताल ८ का तिर्थ रैदास, भारत बहराइच मोतिपुर थानाका जितराम प्रजापती, रामहरण प्रजापती, राजेश प्रजापती, मुनिर अहिर र ओमप्रकाश धोबी रहेका छन् । आवश्यक कारबाहीका लागि ब्यूरोले तस्करसहित बोइलर कुखुरा पशु क्वारेन्टाइन चेकपोष्ट गुलरियामा बर्दियामा बुझाएको छ । पशु क्वारेन्टाइन चेकपोष्ट गुलरियाका प्रमुख अजयप्रसाद शाहका अनुसार प्रहरीले नियन्त्रणमा लिएर बुझाएका कुखुराहरु नष्ट गरिएको जानकारी दिए । ६ जना तस्करहरुलाई जनही १० हजारका दरले ६० हजार रुपैया जरिवाना गरेर छोडिएको उनले बताए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

  • ३० श्रावण २०७५, बुधबार १७:४८ प्रकाशित
  • Nabintech