भारततर्फ तस्करी हुदै गरेको ३५ किलो सुपारी बरामद
  • काँचुली खबर

नेपालबाट भन्सार छली गरेर अवैध रुपमा भारततर्फ लैजादै गरेको ३५ केजी बरामद गरिएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जले नेपालगन्जबाट भारततर्फ अवैध रुपमा लैजादै गरेको सुपारी बरामद गरेसँगै नेपालगन्ज नाका हुँदै अबैध रुपमा सुपारी तस्करी हुने गरेको तथ्य सार्वजनिक भएको छ ।

नेपालगन्जको रानी तलाउ नजिकबाट वडा प्रहरी कार्यालय नेपालगन्ज खटिएको टोलिले भारतर्फ लैजादै गरेको अवस्थामा ३५ किलो सुपारी बरामद गरेको हो । प्रहरी देखेपछि बोरामा हालेको सुपारी छोडेर तस्कर भागेका थिए ।

वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले बरामद गरिएको सुपारी आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यलयमा बुझाइएको जानकारी दिए ।

  • २९ श्रावण २०७५, मंगलवार १५:०५ प्रकाशित
  • Nabintech