नेपालगञ्जमा मानसरोवर झल्कीने संरचनाहरु निर्माणको पहल
  • काँचुली खबर

मान सरोवर प्रतिविम्वीत हुने संरचनाहरु नेपालगञ्जमै निर्माण गरिने पहल गरिएको छ । मान सरोवर तथा धार्मीक तिर्थालु पर्यटकलाई लक्षित गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले वडा न २० स्थित राझा व्यारेकको दक्षिण खाली जमीनमा मान सरोबर मन्दिर कम्प्लेक्स, बोटानीकल गार्डेन लगायतका भौतिक संरचना निर्माणको अगुवाई गरेको हो ।

उपमहानगरपालिका प्रमुख डा धवल शम्शेर राणाको अध्यक्षतामा आईतबार बसेको सर्वदलीय-सर्वपक्षिय भेलाले सो संरचना निर्माणका लागि प्रदेश न ५ सरकारसम्ग माग गर्ने निर्णय गरेको हो । सांसद, दलका प्रतिनीधी, प्रमुख जिल्ला अधिकारी, सुरक्षाअधिकारी, नगरका जनप्रतिनीधी,सरकारी कार्यालयका प्रमुख लगायतको उपस्थिती रहेको भेलाले नगरमा तीन पाङगे्र सवारी साधान व्यवस्थापन, सडक विस्तार लगायतका महत्वपूर्ण निर्णय गरेको छ । नगरमा तिनपाङगे्र सवारी साधान वृद्धिले दुर्घटना तथा ट्राफिक व्यवस्थापनमा समस्या निम्तयाइ रहेको ठहर गर्दै तीनको दर्ता, नवीकरण लगायतको अध्यन गरि १५ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यदल गठन गरिएको छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोयनारायण सुवेदीको संयोजकत्वमा यातायात व्यवस्था कार्यालयका प्रमुख चेतनकुमार खत्री, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख हिरेन्द्र रोकाया र उपमहानगरपालिकाका एक कर्मचारी सदस्य सचिव रहने गरि कार्यदल बनाइएको छ । गणेशमान चौकदेखि परसपुर तर्फ जाने सडक निर्माणको कार्य तत्काल बढाइनु पर्ने सन्दर्भमा उत्तरतर्फको सडक किनार खाली गरिसकिएकाले दक्षिक्षतर्फको संघीय प्रहरी कार्यालय इकाई र जिल्ला प्रहरी कार्यालयलाई ३ मिटर जग्गा छोडी निर्माण कार्यलाई सघाउन पनि अनुरोध गर्ने वैठकमा निर्णय गरिएको छ ।

  • २८ श्रावण २०७५, सोमबार २०:२६ प्रकाशित
  • Nabintech