उच्च अदालत नेपालगन्जबाट ७४ प्रतिशत मुद्दा फछ्र्यौट
  • काँचुली खबर

उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले आर्थिक वर्ष २०७४|०७५ मा झण्डै ७४ प्रतिशत मुद्धा किनारा लगाएको छ । अदालतले एक वर्षमा ७० प्रतिशत मुद्धा फछ्र्यौट गर्ने लक्ष्य लिए पनि ७३ दशमलव ९९ प्रतिशत मुदा फछ्र्यौट गरेको अदालतले जनाएको छ । यस आर्थिक वर्षमा १२ सय ७५ थान मुद्धामा ९ सय ९ थान मुद्धा फछ्र्यौट भएको छ । बाँकी तीन सय ६६ थान मुद्धा फछ्र्यौट हुन बाँकी रहेको उदालतका रजिष्टार भुवन गिरीले जानकारी दिए ।

आर्थिक वर्ष २०७३र०७४ मा सरी आएका मुद्धा भन्दा यस आर्थिक वर्षबाट सरी जाने मुद्धामा भने कमी भएको छ । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजालसमा ०७३|०७४ मुद्धा फछ्र्यौट हुन नसकी जिम्मेवारी सरी आउनेमा ४ सय ३६ थान रहेकोमा यस वर्ष ७० वटा बढी मुद्धा फछ्र्यौट भएर, मात्र जम्मा ३ सय ६६ थान मुद्धामात्र जिम्मेवारी सरी गएका छन् । अदालतमा यस आर्थिक वर्षमा ८ सय ३९ नयाँ मुद्धा दर्ता भएको रजिष्टार गिरीले बताए ।
उनले तल्लो अदालत बाट आदेशउपर १ सय ६३ थान मुद्धा मध्ये १ सय ५५ थान मुद्धा पछ्र्यौट गर्न सफल भएको बताए । जसमा ९५ दशमलव ९ प्रशित फछ्र्यौट भई ८ थान मुद्धा मात्र बाँकी रहेको जानकारी दिए ।
यस वर्ष तुलसीपुर नेपालगन्ज इजलासमा भएका १२ सय ७५ थान र तल्ला अदालत बाट आदेशउपर १ सय ६३ थान मुद्धा गरी जम्मा १४ सय ३८ थान मध्यमा एक हजार ६४ मुद्धा फछ्र्यौट हुन बाँकी रहेको गिरीले बताए । ‘अदालतले यस वर्ष पनि ७० प्रतिशत मुद्धा किनारा लगाउने लक्ष्य लिएको छ, अघिल्लो वर्ष सरी आएकका ३ सय ६६ थान मुद्धा र नयाँ दर्ता हुने अनुमानित ११ सय २३ मुद्धा मध्ये एक हजार ४२ थान मुद्धा फछ्र्यौट गर्ने लक्ष्य लिएको छ’ उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका रजिष्टार गिरीले भने ।
यस अदालतले आर्थिक वर्ष २०७२|०७३ मा ७६ दशमलव ९२ प्रतिशत र ०७३|०७४ मा ६७ दशमलव ५६ प्रतिशत मुदा फछ्र्यौट गरेको थियो ।

  • २७ श्रावण २०७५, आईतवार २०:०५ प्रकाशित
  • Nabintech